सम्पर्क

तामाङद्धारा क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोकको नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा आईतामान तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० र ११ गते हुने अधिवेशनमा सभापति उम्मेदवार घोषणाा गर्नु भएको हो । यस अघि पनि सभापति रहनु भएका तामाङले पुनः उम्मेदवार बन्ने आज घोषणाा गर्नु भएको हो ।
अघिल्लो कार्यकालमा पनि सभापति बनेका तामाङले संगठन सुदृढीकरण र सवल कांग्रेस निमार्णका लागि उमेद्वारी दिएको बताउनुभयो । युवाहरुलाई समेटेर राजनितीमा होमिएका तामाङले यो अधिवेशनमा क्षेत्रिय सभापतिमा आफुलाई जिताउन आग्रह गर्नुभएको छ । पार्टीका अग्रज नेता र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकको आग्रहमा उम्मेदवारी घोषणाा गरेको उहाँले बताउनुभयो । तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न आफुले उम्मेदवारी दिएको तामाङले बताउनुभयो ।