नेपाली काँग्रेस सिन्धुपाल्चोकको चारवटै प्रदेश सभामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
प्रतिनिधी सभा क्षेत्र नं. १ प्रदेश (क) बाट सभापतिमा आङदोर्जे शेर्पा विजयी हुनुभएको छ ।
त्यसैगरी उपसभापतिमा च्याङा शेर्पा ( साहलिा) र टेक बहादुर गुभाजु, सचिवमा सुवेस थापा र सुरेन्द्र श्रेष्ठ , सह– सचिवमा उमेश सुवेदी र राजेन्द्र विक्रम थापा निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधीहरुमा घ्याम्छो लामा, रामेश्वर आचार्य, हरि बहादुर रायमाझी , राजकुमार तामाङ, सुरेन योञ्जन, रमेश राउत, हेमन्त श्रेष्ठ, यादव श्रेष्ठ, रविन्द्र दर्नाल, जितबहादुर प्रधान पासाङ लामा, विना नेवार, पदमकुमारी श्रेष्ठ, चमेली श्रेष्ठ , दिपा लामा , सुनिता लामा र युवाखर सापकोचा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधी सभा क्षेत्र नं. १ प्रदेश (ख) बाट देवेन्द्र खड्का सभापतिमा निर्वाचित हुनुभएको छ । खड्काले
२४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी चन्द्र बहादुर सिलवालले १७१ मत प्राप्त गर्नुभयो । उपसभापतिमा रवि तामाङ २९३ र रविन्द्र खड्का ३०३ मत ल्याएर विजयी हुनुभएको छ । सभापतिका अर्का उम्मेदवार सँजिव ढुँगानाले भने १२३ मत मात्रै प्राप्त गर्नुभयो । सचिवमा जय चन्द्र कुमार लामाले २२० र रितेश तामाङले ३१९ मत ल्याएर विजयी हुनुभएको छ । सचिवका अर्का उम्मेदवार पर्शुराम भण्डारीले १९४ मत प्राप्त गर्नुभयो । प्रदेश प्रतिनिधीमा भने रोशनी श्रेष्ठ , सरस्वती जिसी, सुनिता खत्री, अमृत प्रसाद अधिकारी, उमेश प्रधान, प्रेम बहादुर भण्डारी, प्रमोद तामाङ, फूर्वा ग्याल्बो लामा , रमेश थापा, शनत कुमार अधिकारी, उर्मीला भण्डारी, लालकाजी तामाङ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी प्रतिनिधिसभा २ को प्रदेशसभा (क) मा केशवराज गिरी विजयी हुनुभएको छ । प्रदेशसभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापति पदमा केशवराज गिरीले २११ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी देवप्रसाद बाँनियाले २०२ मत प्राप्त गरी ९ मतले पराजित हुनुभयो ।
उपसभापतिमा भने ग्याल्बो तामाङले २२३ मत र बासुदेव लम्सालले १९७ मत ल्याएर विजयी हुनुभयो । सोही पदमा उम्मेदवार बनेका अरूण बहादुर तामाङले १५६ मत र भिम बहादुर घलेले १७२ मत प्राप्त गर्नुभयो ।
सचिव पदमा भने छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी हुनुभएको छ । श्रेष्ठले १९२ र भट्टराइले १८५ मत प्राप्त गर्नुभयो । सचिव पदमै उम्मेदवार भएका मानकाजी तामाङले १८३ मतका साथ झिनो मत अन्तरले हार ब्यहोर्नु परेको छ । अर्का सचिवका उम्मेदवार विदुर भट्टराइले १६४ मत प्राप्त गर्नुभयो ।
सहसचिवको निर्वाचनमा २२८ मत ल्याएर पून्यप्रसाद घोरासैनी र २१२ मत ल्याएर सरोज न्यौपाने विजयी हुनुभएको छ । सोही पदमा चिनकाजी मोक्तान २०४ मत प्राप्त गर्नुभयो ।
यस्तै प्रतिनिधिसभा २ प्रदेशसभा ’ख’ मा जितबहादुर तामाङ प्रदेशसभा सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले सुनिलकुमार दोङलाई पराजित गर्नुभएको हो । यस्तै उपसभापतिमा रवि थिगं र राजकुमार लामिछाने, सचिवमा आशिष खड्का र निराजन चौलागाई, सह–सचिवमा रामबाबु कोइराला र अच्युतराज लामिछाने निर्वाचित हुनुभएको छ । यस्तै, प्रदेश प्रतिनिधिमा श्वेता चौलागाई, प्रकास सापकोटा, कान्छी शेर्पा, रञ्जेन लमीनी, पेम्बा शेर्पा, मनोज कुमार तामाङ, हरि विश्वकर्मा, पेम्बा लामा, पुर्नी तामाङ, मन्जु तामाङ, ल्वाकवुरी लामा, कुमार दुलाल, जिमी तामाङ, दिपेशराज खनाल, महेसदाश श्रेष्ठ, राजु गुरुङ, विष्णु खड्का र लेखनाथ लामा निर्वाचित हुनुभएको छ ।
