सम्पर्क

वँशलाल तामाङ , राजनितिक निष्ठाका पर्याय

तत्कालिन निर्दलिय पञ्चायती ब्यवस्था विरुद्धको साहसिक , ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी बोधका साथ होमिएको प्रखर प्रजातान्त्रिक अभियन्ता वँशलाल तामाङ ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुरमा पिता हवलबहादुर तामाङ र माता कान्छीमाया तामाङको कोखबाट २०२० भदौ ५ गते जन्मनुभएका तामाङको सक्रिय राजनितिक यात्रा २०३६ सालबाट जिल्लाकै एैसेलुखर्क माविबाट नेपाल विद्यार्थी सँगठन ईकाई सभापतिको रुपमा सुरु भएको हो । जेल, नेल र अबरोध चिर्दै नेपाल विद्यार्थी सँघ सिन्धुपाल्चोकको सँस्थापक सदस्यको रुपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेल्नुभयो । उहीँ जिम्मेवारी, उहीँ प्रतिबद्धता र लोकतन्त्र र प्रजातन्त्र प्रतिको उहीँ लगावले अन्तत तामाङ २०४६ देखी २०४८ सालसम्म नेपाली काँग्रेसको ब्याड सँगठन नेबिसँघको जिल्ला अध्यक्ष बन्नुभयो । राजनितिक परिवर्तन र नागरिकको लोकतान्त्रिक अधिकार प्राप्तीको लागी नेपाली काँग्रेसका तत्कालिन सभापती िवशेश्वरप्रसाद कोइरालाको प्रेरणाबाट अभिप्रेरित तामाङ २०४२ सालमा तत्कालीन पञ्चायती निरँकुशता विरुद्ध पार्टीले आब्हान गरेको शान्तिपूर्ण सत्याग्रहका लागी काठमाण्डौंको डिल्लीबजार स्थित चारखाल अड्डामा धर्ना बस्दा पक्राउ पर्नुभयो । प्रजातान्क्रिक अधिकार पुर्नस्थापनाका लागी डिल्लीवजार कारागार अगाडी धर्ना बसेकै अभियोगमा तामाङलाई तत्कालिन सरकारले पक्राउ गरी जिल्ला चलान गर्यो र ३० दिनसम्म जिल्ला कारागार चौतारामा हिरासतमा राख्यो । तत्कालीन ब्यबस्थाले नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक परिवर्तनका लागी होमिए वापत दिएको यही कठोर यातनाले तामाङको राजनितिक लोकप्रियताले अरु उचाई चुम्यो । पब्लीक युथ क्याम्पस हुँदै त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसवाट समाजशास्त्र , मानवशास्त्रबाट स्नातक गर्दासम्म तामाङको राजनितिक लोकप्रियता केन्द्रीय राजनितिमा समेत स्थापित भईसकेको थियो । २०४६ सालबाटनै नेपालीकाँग्रेसको जिल्ला सदस्यहुँदै जिल्ला सचिवसम्म बन्नुभएका तामाङको पार्टी संगठन विस्तार र पार्टीको लोकप्रियता बृद्धीका लागी योगदान आजप्रयत्न उस्तै छ । यो तामाङको राजनितिक लोकप्रियताको महत्वपूर्ण कसी हो । यहीलोकप्रियता र निष्ठाकै कारण २०५३÷०५७÷०६१÷ ६७ र ७२ सालमा नेपालीकाँग्रेसको महाधिवेसन प्रतिनिधी बन्नुभएका तामाङ २०७४ सालको स्थानिय चुनाबमा ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै २०७४ सालमा ५ वर्षको लागी गाउँपालिकाको छाता सँगठन गाउँपालिका राष्ट्रिय महासँघको महासचिवको जिम्मेवारी सम्हाल्न पुग्नुभयो । अविचलित राजनितिक निष्ठा र प्रतिबद्धताकै कारण तामाङले २०५८ सालमा पार्टीको भातृ सँगठन नेपाल आदीवासी जनजाती संघको सँस्थापक केन्द्रीय सदस्य बनेर अर्को महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुभयो । तत्कालिन राजाको निरकुँश कदम अर्थात शाही कु पछीको सशक्त आन्दोलनमा सँघिय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ पार्टीहरुको सँयुक्त जन आन्दोलनमा पार्टी जिल्ला सचिव तथा वागमती अञ्चल आन्दोलन परिचालन सम्पर्क समितिको सदस्यको हैसियतमा आन्दोलनको नेतृत्व र परिचालन गरेको गर्विलो अनुभव सम्हाल्नु भएका तामाङ पटक पटक प्रहरी हिरासत तथा नजरबन्दमा पर्नुभयो । यो विचमा माओवादी हिंसा र शाही सत्ताको निरंकुशता विरुद्ध उभिएकै कारण केही समय थातथलो छाडेर विदेशिनु परेको नमिठो अनुभव भएपनी प्रवाशमा रहँदा नेपाली काँग्रेसको भगिनी सँगठन नेपाली जनसम्पर्क समितिको सँस्थापक सदस्य बनेर तामाङ पार्टीको सँगठन विस्तार अभियानमा निरन्तर जोडिरहनु भयो । तामाङको लोकतन्त्र , प्रजातन्त्र र नागरिकको स्वतन्त्रता प्राप्तिको अभियान रोकिएन । अमेरकिामै रहँदा तामाङको सक्रियतामा खोलिएको सामाजिक सँस्था सिन्धु वयल फेयरले अहिलेपनी हरेक वर्ष आर्थिक रुपमाविपन्न परिवारका वालबच्चाको पठनपाठनको जिम्मेवारी सम्हालि रहेको छ । जसको तामाङ सँस्थापक अध्यक्ष हुनुहुन्छ ।
अहिले नेपाली काँग्रेस पार्टीको ऐतिहासिक चौधौ महाधिवेशनमा होमिएको छ । तल्लो तहबाटै कुशल, सक्षम र ईमान्दार नेतृत्व चयन गर्नुपर्ने महत्वपूर्ण घडीमा पार्टी छ । जसका लागी लाखौं प्रतिबद्ध नेता , कार्यकर्ता तथा शुभेच्छुकको काधमा महत्वपूर्ण अबसर आएको छ । यो प्रजातान्त्रिक आरोह, अबरोह चिर्दै २०५७, २०६१ देखी०६७ सालसम्म नेपाली काँग्रेसको महासमिती सदस्य चुनिएर ईमान्दारिताका साथ लोकतन्त्र, प्रजातन्त्र , निष्ठा र विधीको शासनका लागी चट्टानी भूमिका खेलिरहनुभएका तामाङ राष्ट्रीय तथा अन्तराष्ट्रीय मञ्चमा निरन्तर निष्ठाको धरोहर बनेर अघी बढ्न खोजिरहनु भएको छ । जुन यात्रामा प्रजातान्त्रिक मर्म , लोकतान्त्रिक शासनपद्धती , नागरिक अधिकार तथाजातिय उत्पीडनसँगै सामाजिक सदभावका विभिन्न सेतु मिसिएका छन् ।
त्यसैले पार्टीको चौधौ महाधिवेशनका लागी तल्लो तहबाटै निष्ठावान नेतृत्व चयन गर्नुपर्ने बताउनुहुने तामाङ यसका लागीत पाईको सफलता ,असफलता, सुख, दुःखमा विगतमा जस्तै तपाईहरुसँगै उभिरहने प्रतिबद्धता ब्यक्त गर्नुहुन्छ । तामाङ आफ्नो प्रजातान्क्रिक यात्रालाई अझै परिपक्क र जिम्मेवार बनाउन सिँगो पार्टी पँक्तीलाई एकताबद्ध अघी बढ्ने प्रतिबद्धता समेत ब्यत्त mगर्नुहुन्छ । नेपाली काँग्रेस प्रजातन्त्र , लोकतन्त्र र नागरिक स्वतन्त्रताको पर्याय भएको बताउनुहुने तामाङ यो आफ्नो राजनितिक जिवनको मुल मँत्र भएको बताउनुहुन्छ ।