सम्पर्क

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सिन्धुपाल्चोकमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मेलम्चीबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको हो ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुनुहुन्छ । त्यसैगरी ईन्द्रावती गाउँपालिका वडा नं. ५ कोईरालाटार स्थित कच्ची सडक खण्डमा कोईरालाटारबाट धुसेनी तर्फ जादै गरेको लु २ त ८३०४ नम्बरको ट्याक्टरको टायरले नयाँबस्ती बस्ने पुर्ण बहादुर माझीको छोरा बर्ष ३५ को श्याम बहादुर माझीलाई किच्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सम्लग्न ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।