सम्पर्क

राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ लोकार्पण

समाजसेवी , शिक्षा प्रेमी तथा राजनितिका त्रिआयामिक ब्यक्तित्व राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ ‘विवृत जीवन’ लोकार्पण गरिएको छ ।

कार्कीको ७७ औं जन्मोत्सवको अवसर पारेर सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा विवृत जीवन प्रकाशन समितिले तीन वर्षको मेहनतपछि पुस्तक तयार पारी आज नेपाल सरकारका पुर्व सचिव पुण्यप्रसाद न्यौपानेले सो पुस्तक लोकार्पण गर्नुभएको हो ।
पुस्तक लोकार्पण पछी मन्तब्य राख्दै नेपाल सरकारका पुर्व सचिव न्यौपानेले रामबहादुर कार्की एउटा सँघर्षको र स्वाभिमानको प्रतिक भएको वताउनुभयो । उहाँले रामबहादुर परिवर्तनको धार भएको बताउँदै आगामी दिनका लागी यस्ता पुस्तक प्रकाशनले सभ्यताको जगेर्ना गर्ने धारणा राख्नुभयो ।
चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद पौडेलले मर्नुभन्दा अगाडी धेरै बाटाहरु हिड्नुपर्ने बताउँदै नगरपालिकाले यस्ता मुर्धन्य ब्यक्तिहरुको पुस्तक प्रकाशनका लागी सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रकाशन समितिका उपसंयोजक दिपक राईले कार्कीलाई समाजसेवा , शिक्षा क्षेत्र र राजनितीको त्रिआयमिक व्यक्ति मानिएको बताउँदै दशकौं अघि नै अन्तरजातीय विवाह गरेर समाजसँग विद्रोह गरेका कार्कीलाई एक क्रान्तिकारी सोचाइका व्यक्तिको रुपमा चित्रण गर्नुभयो ।
प्रकाशन समितिका सँयोजक अमित घिमिरेले पुस्तक प्रकाशनका लागी तिन वर्षभन्दा बढी समय लागेको बताउँदै पुस्तक प्रकाशन गर्दा निस्वार्थ रुपमा बढाई चढाई नगरी जस्ताको तस्तै प्रकाशन गरेको बताउनुभयो । पुस्तक प्रकाशनका लागी कार्कीका माईला छोरा अशोक कार्कीले सँयोजकको भुमिका निभाउनुभएको छ भने भाषा सम्पादन साहित्यकार डम्बर रसिक भारतीले गर्नुभएको छ ।
कार्यक्रमकै अवसर पारेर कार्कीलाई दुःखी प्रकाशनको तर्फबाट सम्मान गरिुएको थियो । त्यसैगरी जिवनवृति प्रकाशन समुहबाट अभिनन्दित पत्र प्रदान गरिएको थियो ।