सम्पर्क

राप्रपा क्षेत्रिय अध्यक्षमा कुमारी तामाङ

राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को अध्यक्षमा कुमारी तामाङ निर्वाचित हुनुभएको छ । राष्ट्रीय प्रजातान्त्रिक महिला सँगठनको केन्द्रीय महासचिव समेत रहनुभएको तामाङको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्वाचित भएको छ । कमिटीको सदस्यहरुमा सुनकाजी तामाङ, रेशम बहादुर श्रेष्ठ, गाँगा प्रसाद दुलाल , विदुर प्रसाद घोरासैनी, देवराज गिरी, प्रेम बहादुर तामाङ, मन कृष्ण ठकुरी, बेखराज शाही, प्रल्लाद सापकोटा, देबराज गुरुङ, बिर बहादुर तामाङ, पुन्य प्रसाद सापकोटा र सोम बहादुर सापकोटा रहनुभएको छ । कार्यसमितीको पदाधिकारीहर भने पछी मनोनित गरिने बताईएको छ ।