सम्पर्क

सिन्धु काँग्रेसको अधिवेशन तालिका सार्वजनिक

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशनलाई सफल बनाउने उदेश्यले निर्वाचन तालिका र केन्द्र छनोट गरिएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोकको निर्वाचन अधिकृत देव बहादुर महतका अनुसार गाउँपालिका ÷ नगरपालिकाको मतदान केन्द्र सम्वन्धीत पालिकाको पायक पर्ने केन्द्र, प्रदेश सभा निर्वाचनका लागी क्षेत्र भने क्षेत्र नम्बर १ को (क) को बाह«विसे, प्रदेश ख को लामोसाँघु , क्षेत्र नम्बर २ को को प्रदेश (क) को चौतारा र प्रदेश (ख) को मेलम्चीमा अधिवेशन हुनेछ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ को बाह«विसे र निर्वाचन क्षेत्र नं. २ को मेलम्चीमा अधिवेशन हुने निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अधिवेशन भने चौतारामा हुने वताईएको छ । मतदान स्थल भने पछी जानकारी गराईने बताईएको छ ।
नगरपालिका र गाउँपालिकाको अधिवेशन आज हुदैछ । सँघिय क्षेत्र नम्बर प्रदेशको निर्वाचन ८ गते , क्षेत्रिय निर्वाचन १०÷११ गते र जिल्ला अधिवेशन १३÷१४ मा हुने भएको छ ।