सम्पर्क

लोेकप्रिय नेत्रज्योतीको भवन बनाउन सहयोगी हात जुट्दै

लोेकप्रिय नेत्रज्योती सञ्चार समुहको भवन निर्माणका लागी आर्थिक सहयोग गर्ने हातहरु जुट्न थालेका छन् । समुहको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा निर्माण हुन लागेको भवन निर्माणका लागी नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को सभापती , युवा नेता आईतमान तामाङ (ज्ञानु)ले ५१ हजार एक सय रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापाले भवन निर्माणका लागी ५१ हजार रुपैयाँसहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ भने थापा ईन्टरप्राईजेज का प्रोपाईटर भुपेन्द्र थापाले ३५ बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का सभापती विनोद तामाङले पनी २५ हजार रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
लोेकप्रिय नेत्रज्योती सञ्चार समुहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतले लोकप्रिय नेत्रज्योती सञ्चार समुहको उन्नयनमा सहयोगी दाताहरुले पु¥याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै हार्दिक बधाई एवं धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यकारी प्रमुख बस्नेतले भवन निर्माणका लागी अन्य सहयोगी दाताहरुलाई पनी सहयोगका लागी आग्रह समेत गर्नुभएको छ ।