सम्पर्क

जुगलमा गाउँमै योजना सम्झौता र बैंक खाता सञ्चालन

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले सिंहदरबारको झझल्को गाउँमै दिएको छ । गाउँपालिकामा हुने योजना सम्झौताको काम वडाबाटै हुँदा स्थानीयलाई निकै सहज भएको छ । वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता र बैंक खाता वडा कार्यालयबाटै खोलेर जनतालाई सुविधा दिएको प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर बिकले बताउनुभयो ।
गाउँपालिकाको आ.व. ०७८÷७९ को स्वीकृत कार्यक्रम मध्ये उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने योजना सम्झौता प्रक्रिया निरन्तर चलिरहेको उहाँले बताउनुभयो । वडा नं २ गोल्चे मा १६ , वडा नं ३ गुम्बामा १८ , वडा नं ६ हगाममा १३ वटा, वडा नं ७ याङलाकोटमा १४ वटा गरि ६१ योजना सम्झौता सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो । एनसिसि बैंकसंगको साझेदारीमा बैंक खाता समेत फिल्डमै खोलिएको छ । सम्झौता पश्चात उपभोक्ता समितिलाई अभिमुखिकरण समेत गरिएको छ ।
गाउँमै सबै किसिमको सेवा पाउँदा स्थानीय खुसी भएको बताए । संघीयता कार्यान्वयन भएको महसुस हुनेगरी गाउँमै सेवा दिएको स्थानीयहरु बताउँछन् ।
सिंहदरबारको अधिकार गाउँमै आएको महसुस गराउनका लागि १ दिने उपभोक्ता समितिका योजना सम्झौता, बैँक खाता सञ्चालन गर्ने गरी जनतालाई सहज बनाउनका लागि कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।