सम्पर्क

तेक्वान्दोका खेलाडिहरुको ग्रेडिङ सम्पन्न

हिराहरि तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी सानोसिरुवारिमा जुनियर तथा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखी दोस्रो डान कालोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका प्रज्वल सापकोटा, रोनिशा घले, पहेलो पेटिका अभिनाश कार्की,अनमोल कार्की ,पहेँलो ÷हरियो हरियो पेटी तर्फभने दावा तामाङ र दोर्जे तामाङ डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन् । तेस्तै गरि सिनियर तर्फ सहभागी कालो पेटी प्रथम डान र कालो पेटी दोस्रो डानको ग्रेडिङमा सहभागी प्रशिक्षार्थी पनि उतिर्ण हुन सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिकाका समाजिक विकास समितिका सह–संयोजक श्री उमाप्रसाद दुलालले खेलाडीहरुलाइ शुभकामना दिनु भएको थियो । सिद्धिगणेश माध्यामिक विद्यालय सानोसिरुवारिका प्रधानध्यापक राजकुमार यादव, अभिभावक , खेलप्रेमी तथा स्थानीयको बाक्लो उपस्तिथि रहेको ग्रेडिङ हिराहरी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ रमेश गुरुङले लिइएको थियो ।