नेपाली काँग्रेसको सिन्धुपाल्चोकको अधिवेशन हुन बाँकी २ वटा वडाको अधिवेशन शनिबार सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका बडा नं. ३ र जुगल गाउँपालिका वडा नं. ३ को अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सुनकोशी गाउँपालिका बडा नं. ३ मा ईश्वर लामा र र जुगल गाउँपालिका वडा नं. ३ मा चिनलाल तामाङलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । यि दुवै वडाको अधिवेशन विवादका कारण स्थगित भएको थियो ।
