

नेकपा (माओवादी केन्द्र) ले शनिवबर देशभर एकसाथ पार्टीको वडा अधिवेशन गरेको छ । आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गरेकोे केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नुयो ।
माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाएको थियो । अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ । माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।
११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।
सिन्धुपाल्चोकको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को १०३ वडामध्ये ९५ मा मात्रै वडाअधिवेशन सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाकोे पाचै वडाको अधिबेशन सम्पन्न भ्एको छ । अधिवेशनले वडा नं १ मा इन्द्र श्रेष्ठ , वडा नं २ मा सुदिर पौडेल , वडा नं ३ मा निमासोना शेर्पा, वडा नं ४ मा चेङा शेर्पा र वडा नं ५मा कुइसाङ शेर्पाको अध्यक्षतामा नयाँ समिती निर्विरोध चयन गरिएको छ ।
बलेफि गाँउपालिकाको पनी सबै वडाहरूको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा नं.१ मा दिलप्रसाद कर्माचार्य , वडा नं.२ मा अध्यक्ष रघुनाथ न्यौपाने, वडा नं.३ मा रामलाल तामाङ , वडा नं.४ मा हरिबहादुर तामाङ , वडा नं.५ मा रमेश तामाङ , वडा नं.६ मा रमेश घिमिरे , वडा नं.७ मा नारायण पौडेल , वडा नं.८ मा भिम बहादुर आचार्य निर्विरोध चयन हुनुभएको छ ।
पाँचपोखरी थाङपाल गाँउपालिका अन्र्तगत सवै वडाहरुको वडा सम्मेलन सम्पन्न भएको छ ।
वडा नं १ को अध्यक्षमा पासाङ तामाङ , वडा न. २ मो अध्यक्षमा शेर शहादुर स्याङ्वो , वडा न. ३ को अध्यक्षमा तिर्थ स्याङ्वो , वडा न. ४ को अध्यक्षमा देव कुमार तामाङ वडा नं ५ को अध्यक्षमा टेक बहादुर तामाङ , वडा नं ६ को अध्यक्षमा दिल बहादुर वाइवा , वडा नं ७ को अध्यक्षमा होम लाल ज्योती र वडा नं ८ को अध्यक्षमा फुर्वा तामाङ चयन हुनुभएको छ ।
जुगल गाउँपालिका मा शनिबार सम्म ५ वटा वडाको अधिबेशन सम्पन्न भएको छ ।
वडा नं. १को अध्यक्षमा रबिन्द्र सिलवाल , वडा नं. ३ को अध्यक्षमा जित ब तामाङ , वडा नं. ५ को अध्यक्षमा मीन ब. श्रेष्ठ , वडा नं. ६ को अध्यक्षमा हरि श्रेष्ठ र वडा नं. ७ को अध्यक्षमा निरोज तामाङ निर्वाचित हुनुभएको छ । अधिवेशन हुन बाँकी वडा नं. २ को ५ गते र वडा नं. ४ को ९ गते हुने बताईएको छ । जुगलको पालिका अधिवेशन भने १० गतेहुने भएको छ ।
चौतारा सांगाचोकगढी नगरपालिकाका वडा नं. १ मा सुरेन्द्र श्रेष्ठ , वडा नं.२ मा चन्द्र काफ्ले , वडा नं.५ मा कमल श्रेष्ठ , वडा नं.६ मा हेम तामाङ , वडा नं.७ मा षणानन्द घोरासाईनी (गोपाल) , वडा नं.८ मा रामकृष्ण दंगाल , वडा नं. ९ मा मंगले तामाङ , वडा नं.१० मा श्याम तामाङ , वडा नं.११ मा नेत्र विक्रम माझी , वडा नं.१२ मा दिपेन्द्र नेपाल र वडा नं. १३ मा नारायण प्रसाद गौतम अध्इक्षमा विर्विरोध चयन हुनुभएको छ । वडा नं. १४ मा २९ सदस्य सर्वसम्मत चयन भएपनी अध्यक्ष भने चयन हुन सकेन । अधिवेशन हुन नसकेकमा वडा नं. ३ को ६ गते र वडा नं. ४ को ५ गते गर्ने तय भएको छ ।
मेलम्ची नगरपालिका–७ को प्रथम वडा अधिबेशनबाट अध्यक्षमा धन ब तामाङ र सचिबमा. कृष्ण ढुंगाना लगाय निर्वाचित हुनुभएको छ । मेलम्ची नगरपालीका – ९ मा बासुदेब कटुवालको अध्यक्षतामा २९ सदस्यीय नयाँ पदाधिकारीहरु चयन गरेको छ ।
जुगल गाउँपालिका वडा नं १ को अध्यक्षमा रविन्द्र सिलवाल चयन हुनुभएको छ । वडा नम्बर ५ मा भएको अधिबेशनबाट चमार सिङ तामाङ सम्योजक र सिङ्ग बहदुर,तामाङ सह सम्योजक चयन हुनुभएको छ । त्यसैगरी अध्यक्षमा मीन बहादुर श्रेष्ठ र सचिब पेम्बा लामा सहितको कार्यसमिती निर्विरोध चयन भएका छन् ।
हेलम्बु–२ को अधिवेशनले गोशेर लामा ह्योल्मोको अध्यक्षतामा नेतृत्व तयन गरिएको छ । ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा भने दिनेशचन्द्र हिमालयको अध्यक्षतामा नेतृत्व तयन गरिएको छ । ईन्द्रावती गाउँपालिका वडा न.७ को सम्मेलबाट रामकृष्ण न्यौपानेको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती निर्विरोध चयन भएका छन् । १०३ वडा रहेको सिन्धुपाल्चोकमा ९५ वडाको अधिवेशन सम्पन्न भएपनी समाचार तयार पार्दा सम्म सवै वडाको भने खबर प्राप्त हुन सकेन ।
