सम्पर्क

काँग्रेसको मेलम्ची नगर सचिवमा दुलालद्धारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेस मेलम्ची नगरपालीका वडा नं. ११ का निवर्तमान सभापती तथा युवा नेता गणेश दुलालले नगर सचिवमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपाली काँग्रेस मेलम्ची नगरपालिका – ७ द्धारा आयोजित प्रदेश मन्त्री निमा लामालाई बधाई दिन आयोजित कार्यक्रममा मन्तब्य राख्दै दुललाले नगर सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुटवन्दीमा नलागी काँग्रेस एकजुट हुने हो भने मेलम्ची नगरमा काँग्रेसले विजयीको झन्डा फहराउने बताउँदै दुलालले अवको चुनाबमा जिल्लाभरबाट काँग्रेसलाई जिताउन आफ्नो अहम भुमिका हुने समेत बताउनुभयो । नेविसँघको राजनितिबाट काँग्रेसको राजनितिमा छिर्नुभएका दुलाल मेलम्चीमा प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ ।