सम्पर्क

स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्नेछ –प्रदेश मन्त्री लामा

बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसँख्या मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्ने काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस मेलम्ची नगरपालिका – ७ को पार्टी कार्यालयको उदघाटन गर्दै लामाले वागमती प्रदेशका १३ वटै जिल्लाका अस्पतालहरुलाई स्थलगत भ्रमण गरेर आबश्यक पर्ने स्वास्थ्य सामग्री, जनशक्ती र पूर्वाधारको विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । मन्त्री लामाले सिन्धुपाल्चोकको विकास निर्माण , खानेपानी, स्वास्थ्य आफुले सकेको सम्बोधन गर्ने समेत बताउनुभयोे । प्रत्येक जिल्लाका अक्सिजन प्लान्ट र मागअनुसारको काम गर्न आफु तयार रहेको समेत बताउनुभयो । कार्यक्रम वडा सभापती दिप वशादुर तामाङको सभापतित्वमा भएको थियो ।
पार्टी कार्यालयको उटघाटन पछी लामा वडा समितिको सम्मान कार्यक्रममा सहभागी हुनुभएको थियो ।