सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी न.पा. ९ चिहाने स्थित अरनिको राजमार्ग सडक खण्डमा बन्देउबाट बलेफी तर्फ आउदै गरेको आईचर र मोटरसाईकल ठोक्कीदा एकको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौंबाट बाह्रबिसे तर्फ जाँदै गरेको बा ५ख४२८२ नम्बरको आईचरले काठमाडौं तर्फ जाँदै गरेको बा ०३१ प ०५८४ नम्बरको मोटर साईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सबार बाह्रबिसे नगरपालिका –३ का ६५ वर्षिय एकबहादुर श्रेष्ठको मृत्यु भएको छ भने सोही मोटर साईकलमा सवार आशिष श्रेष्ठ सक्त घाईते हुनुभएको छ ।
मोटरसाईकलमा सवार चालक र पछाडी सवार दुबै जना घाईते भई उपचारको लगी धुलिखेल अस्पताल तर्फ पठाईएकोमा घाईते मध्ये मोटरसाईकल पछाडी सवार जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
घटना पश्चात ठक्कर दिने आईचर भ्यान नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।
