सम्पर्क

काँग्रेस सिन्धुपाल्चोक प्रदेश सभापतिका यी हुन् दाबेदार


नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय तह अन्तर्गतको निर्वाचन सकेर आज प्रदेश तहको अधिवेशन गर्दैछ । प्रदेशको नेतृत्व लिनका लागी सिन्धुपाल्चोकमा तिब्र प्रतिस्पर्धा हुने देखिन्छ ।
१ नं. क्षेत्रको प्रदेश ‘क’मा आङ्दोर्जे शेर्पाले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँ संस्थापन पक्षका हुनुहुन्छ । शेर्पा अहिले पनि प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । पौडेल पक्षबाट कसले उम्मेदवारी दिने निश्चित भएको छैन । यता प्रदेश ‘ख’मा देबेन्द्र खड्का र चन्द्र सिलवालबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुबैले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । संघीय क्षेत्र नं. २ को प्रदेश ‘क’मा देवप्रसाद बानियाँ, देव कोइराला र केशब गिरीबीच त्रिपक्षीय भिडन्त हुने सम्भावना छ । त्यसैगरी प्रदेश ‘ख’मा सिके चौलागाइँ, सुनील दोङ, खेतनाथ घिमिरेमध्ये एकजना पौडेल पक्षबाट र संस्थापनबाट लेखा लामा र रमेश भण्डारीमध्ये एकले उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।