सम्पर्क

केदार क्षेत्रीद्धारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


नेकपा एमालेको नेता तथा बलेफी गाउँपालिकाको अध्यक्ष केदार क्षेत्रीले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
क्षेत्रिले पार्टीको चितवनमा मँसिर १० मा हुने दशौं राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको हो । मँगलबार नेपाल पत्रकार महासँघको भवन चौतारामा पत्रकार सम्मेलन गर्दै क्षेत्रिले खुल्लातर्फ सदस्य बन्न चाहेको बताउनुभयो । क्षेत्रिले २०३८ सालदेखी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्राकको सचिव हुँदै राजनितिक यात्रा सुरु गरेको बताउनुभयो । क्षेत्रि २०४४÷४५ मा काठमाडौंको पिपुल्स क्याम्पसको स्ववियु सचिव, २०४६ मा अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला अध्यक्ष हुँदै तत्कालिन जिल्ला विकास समितिको सदस्य , राष्ट्रिय प्रतिनिधि परिषदमा समेत निर्वाचित भैसक्नु भएको छ । नवौं राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लाबाट महाधिवेशन प्रतिनिधी हुँदै अहिले नेकपा एमालेको तर्फबाट स्थानिय निर्वाचनमा बलेफी गाउँपालिकामा अध्यक्षको उम्मेदवार भई निर्वाचनमा विजयी समेत हुनुभएका क्षेत्री एमालेको तर्फबाट राष्ट्रिय यातायात ब्यवसायी महासँघको बरिष्ठ उपाध्यक्ष सकेत भईसक्नुभएको छ । क्षेत्री अमृतकुमार बोहोरा स्थानिय विकास मन्त्री हुँदा स्वकिय सचिवको भुमिकामा समेत रहनुभएको थियो ।