सम्पर्क

उत्पादनसँग जोड्ने विषयमा अन्तर्क्रिया

एकीकृत वस्तीका वासिन्दालाई उत्पादनसँग जोड्ने विषयमा मेलम्चीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थायी पुनर्निर्माण तथा पुनर्वास समिति मेलम्ची–११, जरायोटारको आयोजना तथा राष्ट्रिय युवा परिषद्को सहजीकरणमा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा परिषद् प्रसाशकीय प्रमुख बाबुराम ढुंगानाले जिब्रो मात्र चलेर नहुने भन्दै युवाहरु सक्रियताका साथ उत्पादनमूलक काममा लाग्नुपर्ने बताउनुभयो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उद्यम गर्न चाहनेहरुका लागी कोषले ३ दशमलव २ प्रतिशतब् याजमा २ लाखसम्म कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो । यसका लागि व्यवसायको बिमा समेत कोषले गरिदिने समेत उहाँले बताउनुभयो ।
मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले बस्तीको विकासका लागी नगरले कृषी शाखामार्फत कामगर्न सक्ने बताउनुभयो । आवास निर्माण भएपनि आयआर्जनको उपाय नहुँदा यहाँका वासिन्दामा निराशा छाएको पुनर्वास समितिका सचिव रामकुमार सापकोटाले बताउनुभयो । बस्तीलाई आम्दानीसँग जोड्न सबै तहका सरकारले सघाउनुपर्नेमा उहाँले जोड दिनुभयो । समितिका अध्यक्ष टिकादत्त धितालले जरायोटार एकीकृत वस्तीलाई विभिन्न निकायसँग समन्वय गरी छिट्टै आयआर्जनसँग जोडिने बताउनुभयो ।
कार्यक्रममा व्यावसायिक योजना निर्माणका बारेमा एकीकृत वस्तीका वासिन्दालाई जानकारी गराईएको थियो ।