सम्पर्क

काँग्रेस सिन्धुपाल्चोकको पालिका , नगरमा संस्थापन पक्षको वर्चस्व

नेपाली काँग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको छ । १० पालिकाको निर्वाचन सम्मपन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा प्यानलको वर्चस्व देखिएको हो । १० मध्ये ६ पालिकामा देउवा प्यानल विजयी भएका छन् । दुई पालिकामा जिल्ला सभापति विकास लामा निकट सभापति भएका छन् भने दुई पालिकामा दुवै प्यानलमा नपरेका उम्मेदवारले जितेको छ ।

चौतारा साँगाचोकगढीको अध्यक्षमा इन्द्र धिताल सर्वसम्मत सभापति भएका छन् । सोमबार भएको पालिका अधिवेशनमा धिताल सर्वसम्मत सभापति हुनुभएको छ । उहाँ पहिले लामा निकट मानिएपनि पछील्लो चरण संस्थापन निकट भएपछी सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । भोटेकोसी गाउँपालिका सभापतिमा देवीबहादुर बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले ५५ मत ल्याई जित हात पार्नुभएको हो । उहाँका प्रतिद्वन्दी मुके शेर्पाले २२ मत र साङ्बो शेर्पाले १३ मत ल्याउनुभएको छ ।

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका उम्मेदवार तेस्रो हुनुभएको छ । पार्टी सभापति विकास लामाको साथ पाएका मुके दोस्रो हुनुभएको छ भने तेस्रो धारका बुढाथोकीले जित हात पार्नुभएको छ ।

मेलम्ची नगरपालिकामा वसन्त गुरुङ विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी प्रकाश दाहाललाई पराजित गर्नुभएको हो । गुरुङको १३९ मत ल्याउनुभयो भने दाहालले ११६ मत ल्याउनुभयो । गुरुङ संस्थापननिकट हुनुहुन्छ ।

हेलम्बुमा राजकुमार भण्डारी निर्वाचित हुनुभएको छ । उहाँले सञ्च तामाङलाई पराजित गर्नुभएको हो । भण्डारी संस्थापननिकट हुनुहुन्छ । त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले समीर लामालाई पराजित गर्नुभएको हो । श्रेष्ठ पनि संस्थापननिकट हुनुहुन्छ ।

बाह्रबिसे नगरपालिकामम शम्भु तिमल्सिना निर्वाचित हुनुभएको छ । तिमल्सिनाले रेशम तामाङलाई पराजित गर्नुभएको हो । उहाँहरू दुवै संस्थापननिकट हुनुहुन्छ । सुनकोसी गाउँपालिकामा रुपकाजी लामा निर्वाचित हुनुभएको छ । उहाँले ४९ मत ल्याएर चुनाव जित्नुभयो भने उहाँका प्रतिद्वन्दी जगन्नाथ कार्कीले ४५ मत ल्याउनुभयो । उहाँहरू संस्थापननिकट हुनुहुन्छ । पाँचपोखरी गाउँपालिकामा प्रेम दोङ सभापतिमा विजयी हुनुभएको छ् । उहाँ संस्थापनइतर हुनुहुन्छ । उहाँले सूर्य अधिकारीलाई पराजित गर्नुभएको हो ।

जुगल गाउँपालिका काँग्रेसको सभापतिमा सगुन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । बलेफिमा भने दुवै प्यानलका साझा उम्मेदवार रामकुमार लामा निर्वाचित हुनुभएको छ । उहाँ पनि संस्थापन निकट मानिनुहुन्छ ।

लिसंखुपाखर गाउँपालिका र इन्द्रावतीमा आज निर्वाचन हुने भएको छ । लिसंखुपाखरमा हिजो विवाद भएपछि निर्वाचन स्थगित भएको थियो । इन्द्रावतीमा भने निर्वाचन प्रक्रिया ढिलो सुरु भएपछि स्थगित भएको थियो । दुवै पालिकामा आज निर्वाचन हुने भएको छ ।