सम्पर्क

हेलम्बुमा आगलागी हुँदा तिन बालकको मृत्यु

हेलम्बु गाउँपालिका वडा नं. ७ सुर्सिङ गाउँ झाक्रिटो निवासी सञ्च तामाङको गोठमा आगलागी हुँदा तिन बालकाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सञ्च तामाङको छोरा वर्ष ६ को मनोज तामाङ, सोही गाउँका सुकमान तामाङको छोरा वर्ष ५ को मनिष तामाङ र सोही गाउँका साईला तामाङको छोरा वर्ष ५ को दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । ढुँगा , माटो र टिनले छाएको एकतले गोठमा साँझ ७ बजे मकैको ढोड र सुकेको नलमा आगो सल्किदा आगलागी भएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।