सम्पर्क

सिन्धुपाल्चोक काँग्रेसको १२ स्थानिय तहमध्ये ७ मा नेतृत्व चयन

सिन्धुपाल्चोक काँग्रेसको १२ वटै स्थानिय तहमा आज भएको अधिवेशनमध्ये ७ मा नयाँ नेतृत्व चयन भएको छ भने अन्यमा हुँदै छ ।
जुगल गाउँपालिकामा सगुन श्रेष्ठ सभापतिमा निर्विरोध चयन हुनुभएको छ । उपसभापतिमा राजेन्द्र लामा र साङ्बो शेर्पा , सचिवमा सुवास तामाङ र गौरब श्रेष्ठ चयन हुनुभएको छ । सह– सचिवमा भने निमा छिरिङ दोङ र रविन्द्र अधिकारी चयन हुनुभयो । जुगल गाउँपालिकामा ४३ सदस्यीय कार्यसमिती निर्विरोध चयन हुनुभएको छ ।
बाह«विसे नगरपालिकाको सभापतिमा शम्भु तिमल्सीना निर्वाचित हुनुभएको छ । तिमल्सीनाले रेशम तामाङलाई पराजित गर्नुभएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको सभापतिमा भने ईन्द्रलोचन धिताल सर्वसम्मत चयन हुनुभएको छ । कार्यसमितिको उपसभापतिमा कमलराज गिरी र
आईडिवि लामा , सचिवमा भगवान खड्का र विकास कुमार सापकोटा, सहसिचवमा ईन्द्रवहादुर बस्नेत कोषाध्यक्षमा कृष्णबहादुर बोगटी निर्विरोध चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा भने राधा विष्ट , सरस्वती खत्री , सन्ध्या बस्नेत, निरबहादुर तामाङ, चुडामणी श्रेष्ठ , कार्साङ तामाङ, असारे खाती, निरबहादुर तामाङ, प्रबिण लामा, विदुर कुमार केसी, अमिर तामाङ, विवेक तामाङ , धनबहादुर श्रेष्ठ , चन्द्र बहादुर श्रेष्ठ , शैलेस तामाङ , आईती तामाङ , मानकाजी तामाङ , कृष्ण बहादुर नेपाल , सुन बहादुर तामाङ , भिम बहादुर तामाङ, सन्ध्या कुमारी श्रेष्ठ , बल बहादुर रोक्का, दल बहादुर तामाङ , शोभा कटुवाल, देवि तामाङ , निर्मल श्रेष्ठ , मानकुमारी श्रेष्ठ लगायत चयन हुनुभएको छ ।
भोटेकोशी गाउँपालिकामा सभापतिमा देविबहादुर बुढाथोकी विजयी हुनुभएको छ । सहमतीको हुन नसकेपछी भएको निर्वाचनमा बुढाथोकीले ५५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी मुके शेर्पाले २२ मत प्राप्त गर्नुभयो भने साङ्वो शेर्पाले १३ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी सुनकोशी गाउँपालिकामा रुपकाजी लामा निर्वाचित हुनुभएको छ । लामाले ४९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्दी जगन्नाथ कार्कीले ४५ मत प्राप्त गर्नुभयो । सुनकोशी गाउँपालिकाम चारजना सभापतिको प्रतिस्पर्धामा हुनुहुन्थ्यो । बलेफी गाउँपालिकामा भने रामकुमार लामा सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्धन्दी झनक तिमल्सीनालाई पराजित गर्नुभएको हो । त्रिपुरासुन्दरी गाउँपालिकामा भने मोहन श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले समिर लामालाई पराजित गर्नुभएको हो ।
मेलम्ची नगरपालिकामा भने सहमती नभएपछी निर्वाचन भएको छ । प्रकाश दाहाद र बशन्त गुरुङको प्यानलविच चुनाबी प्रतिस्पर्धा भएको छ । २६० मतदाता रहेको नगरपालिकामा २५८ मत खसेको छ । केहि समय पछि मत गणना गर्ने निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ । मतपेटिलाई हाल नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा सुरक्षा कर्मीको रोहबरमा राखिएको छ । ईन्द्रावती गाउँपालिकामा ५ जनाको सभापतिमा उम्मेदवारी परेपछी सहमतिको प्रयास भईरहेको जानकारी प्राप्त भएको छ । सभापतिमा अणबहादुर तामाङ, केशव श्रेष्ठ, जीवनकुमार थापामगर, नवराज भट्टराई र बुद्धीप्रसाद भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो । समाचार तयार पार्दासम्म अन्य स्थानिय तहको भने नतिजा प्राप्त हुन सकेको छैन ।