सम्पर्क

ब्रेकिङ न्युज २

हिउँले बन्द भएको तातोपानी नाका खुल्यो

बिजनेस, ब्रेकिङ न्युज २
हिमपातका कारण एक सातादेखी तिब्बतको खासा र न्यालम क्षेत्रमा रोकिएका मालबाहक कन्टेनर तातोपानी नाका भित्रिन थालेका छन् । अहिले खासा क्षेत्रबाट दैनिक १० कन्टेनर नाका भित्रिँदै आएका छन् । हिमपातका कारण खासा, सिगात्सेमा १ सय ८३ टेलर रोकिएका थिए । खासाबाट अहिले दैनिक १० कन्टेनर भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार खासा क्षेत्रमा थुप्रिएको हिउँ चीनियाँ सरकारले पन्छाएर मालबाहक कन्टेनर पठाउन थालेको र केही दिनमा उक्त सँख्या बढ्नेछ । अहिले नियमित रुपमा राजस्व सँकलन हुन थालेको छ । खासा क्षेत्रका सडकमा चार फिट भन्दा माथि हिउँ जमेका कारण १ सय २० सीबीएससम्म लोड बोकेका टेलर न्यालम र खासामा रोकिएका थिए । हिमपातका कारण दुर्घटना हुन सक्ने भन्दै चीनले कन्टेनर पठाउन रोक लगाएको थियो । हिउँले आधा भाग छोपिएका कन्टेनरहरुमा आएका स्याउ...

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाको साधरण सभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा रहेको बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाको साधरण सभा तथा उद्याटन समारोह शनिबार सम्पन्न भएको छ । चौतारा सागाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले मैन बत्ती बालेर साधरण सभाको उद्याटन गर्नुभएको थियो । साधरण सभा उद्याटन गर्दै श्रेष्ठले अपाङ्हरु लाई सपाङ्ग सँग हातेमालो गर्दै अघि बढ्नुपर्छ अपाङ्हरुले केहि गर्न नसक्ने होईन गर्न सकिन्छ उनिहरुलाई साथ सहयोगको खाचो छ त्यसमा हामि सबैजना हातेमालो गर्दै अघि बढ्नुपर्छ शारिरीक रुपमा अपाङ्ग भएतापनी उनीहरुमा रहेको क्षमताको अभिवृद्धि गराउनु पर्छ भन्दै सहकारीलाई आगमि दिनहरुमा अगाडि बढ्दै जाओस् भन्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । यसै गरी वडा सदस्य डडुवा बचत तथा क्रृण सहकारी सस्थाका भेष बहादुर नेपालले डडुवामा रहेका सहकारीहर मध्य यसु सहकारीले नँया नँया काम ग...

लामोसाँघुमा नवनिर्वाचित वस्नेतलाई बधाई तथा सम्मान

ब्रेकिङ न्युज २, राजनिती
सिन्धुपाल्चोकको लामोसाँघु बजारमा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर १ प्रदेशसभा (ख) को आयोजनामा केन्द्रीय सदस्य बस्नेतलाई बधाई तथा सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै स्थानिय तहको चुनाब नजिक आएकाले सबै नेताहरुलाई गाउँ केन्द्रीत हुन आग्रह गर्नुभयो । बस्नेतले काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनतामा जान आवश्यक रहेको बताउनुभयो । सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै पार्टीका कार्यकर्तालाई वस्नेतले निर्देशन दिनुभएको छ । उहाँले नेपाली काँग्रेस...

जीवन सुधार साना किसान सहकारी संस्थाको भवन उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
भोटेकोशी गाउँपालिका वडा नम्बर ३ को श्री जीवन सुधार साना किसान सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ । बार्षिक साधारणसभासँगै सहकबारीको भवन उद्घाटन गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले गर्नुभएको हो । यो भवनमा संकलन केन्द्र पनि स्थापना गरिएको छ । यो भवन निर्माण गर्न गाउँपालिकाले १३ लाख रुपैयाँ बिनियोजन गरेको थियो । भवन उद्धघाटन पछी मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी पौडेलले कृषिको विकास नभई देश विकास हुन नसक्ने भएकोले गाउँपालिकाले कृषि बिकासमा बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले कृषकको आयस्तर वृद्धि गर्न र दीर्घकालीन रुपमा कृषि क्षेत्रमा टिक्नका निम्ति निरन्तर कार्यक्रम लिइरहेको बताउँदै कृषि पेशालाई व्यवसायिक बनाउँदै स्वरोजगार बन्न कृषकहरुलाई आग्रह समेत गर्नुभयो ।...

तिर्थमान पाख्रिनको निर्देशनमा , ‘छामेला म्हाङ’ बजारमा आउँदै

ब्रेकिङ न्युज २, मनोरन्जन
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ९ मा जन्मनुभएका गायक एंव संगीतकार तिर्थमान पाख्रिनको ‘छामेला म्हाङ’ बोलको सेलो दोहोरी गीतको म्युजिक भिडियो बजारमा आउँदैछ । यही पौषको २४ गते शनिवारबाट भिडियो बजारमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो । गायक एंव संगीतकार तिर्थमान पाख्रिनकै शब्द,संगीत स्वरमा रहेको गीतलाई उहाँलेनै कथा र निर्देशन पनि सम्हाल्नुभएको छ । म्युजिक भिडियोमा उहााले पहिलोपटक निर्देशनको काम शुरुवात गर्नुभएको हो । जोगलाल लामाले संगीत संयोजन, सानुबाबु घिसिङले रेकर्डिङ र दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन । भिडियोमा रोशनी लामा, सुनिता रुम्बा, सुस्मिता लोप्चन, मुना लामा, राजु लामा, बिमल लामा,राजकुमार तामाङ, बिजय पाख्रिन र अजम्बरी लोप्चनको अभिनय रहेको छ । उक्त गीतको म्युजिक भिडियो डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याउने टिम...

सिन्धुपाल्चोकसहित काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः स्थगित

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सारिएको छ । यसअघि पनि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो । माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । सिन्धुपाल्चोक, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ ।...

राजनितीसँगै कृषी पेशामा दुलाल

बिजनेस, ब्रेकिङ न्युज २
लामो समय सम्म राजनीती यात्रामा क्रियाशिल रहनुभएका मदन दुलाल (केसी) ले राजनिती यात्रा सँगै कृषी पेशा पनी सँगै लाग्नु भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिका वडा नं– १३ का राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता मदन कुमार केसी दुलालले राजनिती भन्दा पनी कृषी पेशा राम्रो हो भन्दै कृषी उत्पादनमा लाग्नु भएको छ । उँहाले पुर्खाले गरेका कामलाई निरन्तरता दिदै समाजसेवा गर्ने उद्धेश्य राखेर आफुले गाँउमा नै बसेर अर्गानिक तरकारी खेती गर्न लागेको बताउँनुभयो । गाँउमा नै रहेको माटोलाइ नगदमा परिणत गरेर घर खर्चको ब्यबस्थापन गर्न पनी सकिने र सोही अर्गानिक तरकारी आफुले खाँदा आफू पनी निरोगी हुनुका साथै खर्च पनी कम हुने , आफ्नो बारीमा तरकारी खेती गर्दा शारिरिक ब्यायाम पनी हुने हँुदा त्यस तर्फ लागेको बताउनुभयो । केसीले बिगतका दिनहरुमा आफुले तरकारी किन्दा हुने गरेको खर्च बचेको र उल्टै दैनिक १ हजार र...

नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतलाई मेलम्चीमा बधाई तथा सम्मान

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई मेलम्चीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) र मेलम्ची नगर कार्यसमितिको सँयुक्त कार्यालय समुद्घाटन कार्यक्रमको अबसर पारेर वस्नेतलाई बधाई तथा सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै वस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै बस्नेतले स्थानिय चुनाव नजिक आएकाले गाउँ केन्द्रित हुन आग्रह गर्नुभयो । काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनता माझ जान आबश्यक रहेको समेत बस्नेतले बताउनुभयो । नेता बस्नेतले काँग्रेस एकलौटी चुनाव लड्न तयार रहेको बताउँदै सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा मेलम्...

पुर्ब मन्त्री बस्नेत दाङको विभिन्न कार्यक्रममा सहभागी

ब्रेकिङ न्युज २, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले दाङ जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुनुभएको हो । पूर्व मन्त्री बस्नेतले तुलसीपुरमा भएको स्व.खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको समापनमा प्रमुख अतिथीको रुपमा सहभागी हुनुभएको थियो । विजेता टिमलाई बस्नेतले पुरस्कार वितरण गर्नुभएको छ । । प्रतियोगिताका महिला र पुरुष दुवै तर्फका विजेता र उपविजेता खेलाडी हरुलाई सिल, मेडल, प्रमाणपत्र र नगद चेक पुरस्कार हस्तान्तरण गर्नुभयो । यसैगरी बस्नेतले घोराहीमा बाढीपहिरोबाट मृत्यु भएका आफन्तलाई राहत वितरण समेत गर्नुभएको छ । बस्नेतले पार्टीका नेता कार्यकर्तासँग भेटघाट समेत गर्नुभएको थियो । पूर्व मन्त्री वस्नेतले दाङ भ्रमणका क्रममा जननायक विपि कोईरालाको स्मृतिमा खोलीएको दाङ जिल्लाको उत्कृष्ट नमुना विद्यालय अवलोकन समेत गर्नुभएको छ । सोही अवसरमा ...

प्रहरीद्धारा फरार अभियुक्तहरु पक्राउ

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुभपाल्चोकले फरार रहेका २ अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७६ माघ ८ गते डाँका मुद्धामा ११ महिना ८ दिन कैद सजाँय फैसला भई फरार रहेका साविक साँगाचोक ९ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ वस्ने वर्ष ४४ वर्षिय काशी पराजुलीलाई यही १९ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित चौतारा बजारमा फेला पारी पक्राउ गरि नियन्त्रणमा लिईसम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गराईएकोमा अदालतले निजलाई लागेको उक्त कैद सजाय असुलका लागि आजै कारागार चलान गरेका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी काभ्रे जिल्ला अदालतबाट मिति २०७३मँसिर २ गते वहुविवाह मुद्धामा ७ महिना ८ दिन कैद सजाँय फैसला भईफरार रहेका सिन्धुपाल्चोक .ईर्खु ३ हाल चौतारा साँगाचोकगढी नगरपालीका वडा नं..८ बस्ने वर्ष ३१ को रहिण भन्ने कुमार...