सम्पर्क

राजनितीसँगै कृषी पेशामा दुलाल


लामो समय सम्म राजनीती यात्रामा क्रियाशिल रहनुभएका मदन दुलाल (केसी) ले राजनिती यात्रा सँगै कृषी पेशा पनी सँगै लाग्नु भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिका वडा नं– १३ का राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता मदन कुमार केसी दुलालले राजनिती भन्दा पनी कृषी पेशा राम्रो हो भन्दै कृषी उत्पादनमा लाग्नु भएको छ । उँहाले पुर्खाले गरेका कामलाई निरन्तरता दिदै समाजसेवा गर्ने उद्धेश्य राखेर आफुले गाँउमा नै बसेर अर्गानिक तरकारी खेती गर्न लागेको बताउँनुभयो । गाँउमा नै रहेको माटोलाइ नगदमा परिणत गरेर घर खर्चको ब्यबस्थापन गर्न पनी सकिने र सोही अर्गानिक तरकारी आफुले खाँदा आफू पनी निरोगी हुनुका साथै खर्च पनी कम हुने , आफ्नो बारीमा तरकारी खेती गर्दा शारिरिक ब्यायाम पनी हुने हँुदा त्यस तर्फ लागेको बताउनुभयो । केसीले बिगतका दिनहरुमा आफुले तरकारी किन्दा हुने गरेको खर्च बचेको र उल्टै दैनिक १ हजार रुपैया सम्म तरकारी बिक्री बाट आम्दानी हुने गरेको बताउँदै अब यो कसषी पेशलालाई निरन्तरता दिने बताउँनुभयो । आफुले करिब ४० हजार लगानी गर्दा दैनिक हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन थाले पछी यो पेसामा लागेको केसी ले बताउँनुभयो । उहाँको बारीमा हाल आलु ,काउली, मुला, लसुन, प्याज, रायोको साग, छ्यापी लगायतका तरकारीहरु रहेका छन् ।