सम्पर्क

चौतारामा काँग्रेस नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतलाई बधाई तथा सम्मान


सिन्धुपाल्चोकको चौतारामा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर २ प्रदेशसभा (क) र चौतारा साँगाचोकगढी नगर कार्यसमितिको सँयुक्त आयोजनामा केन्द्रीय सदस्य बस्नेतलाई सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै स्थानिय तहको चुनाब नजिक आएकाले सबै नेताहरुलाई गाउँ केन्द्रीत हुन आग्रह गर्नुभयो । बस्नेतले काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनतामा जान आवश्यक रहेको बताउनुभयो । सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै पार्टीका कार्यकर्तालाई वस्नेतले निर्देशन दिनुभएको छ । उहाँले नेपाली काँग्रेसकोजस्तो समावेशी विधान सँसारमै कुनै पार्टीमा नभएको समेत बताउनुभयो । यो देशमा काँग्रेस बाहेक लोकतान्त्रिक पार्टी नभएको अधिवेशनले प्रष्ट पारेको वताउँदै बस्नेतले यो देशमा अव आउने परिवर्तनले कम्युनिष्टहरु हावाले कसिँगर बढारे जसरी बढारिने समेत बताउनुभयो । काँग्रेसलाई काँग्रेसले भोट नहालेर , आफूले गरेका काम भन्न नसकेर र कम्युनिष्टको फट्याई जनतामा लान नसकेर मात्रै चुनाव हार्नु परेको बस्नेतले बताउनुभयो ।
कार्यक्रममा निवर्तमान केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापाले राजनितीमा सँन्तुलन भएन भने सबैको राजनिती भविष्य खतरामा पुग्ने बताउँदै सिन्धुपाल्चोकको वडा तहदेखी क्षेत्रिय अधिवेशनसम्मको निर्वाचन पक्रियामा आपत्ती रहेको बताउँदै जिल्ला अधिवेशनमा नेतृत्वमा सन्तुलन कायम गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको सभापती ईन्द्रलोचन धितालले बधाई तथा शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर २ प्रदेशसभा (क) का सभापती केशवराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य प्रतिनिधी सभा क्षेत्र नंम्बर २ प्रदेशसभा (क) का कोषाध्यक्ष भुपेन्द्र थापाले राख्नुभएको थियो ।