जिल्ला प्रहरी कार्यालय सिन्धुभपाल्चोकले फरार रहेका २ अभियुक्तलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७६ माघ ८ गते डाँका मुद्धामा ११ महिना ८ दिन कैद सजाँय फैसला भई फरार रहेका साविक साँगाचोक ९ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ वस्ने वर्ष ४४ वर्षिय काशी पराजुलीलाई यही १९ गते
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित चौतारा बजारमा फेला पारी पक्राउ गरि नियन्त्रणमा लिईसम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला
गराईएकोमा अदालतले निजलाई लागेको उक्त कैद सजाय असुलका लागि आजै कारागार चलान गरेका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी काभ्रे जिल्ला अदालतबाट मिति २०७३मँसिर २ गते वहुविवाह मुद्धामा ७ महिना ८ दिन कैद सजाँय फैसला भईफरार रहेका सिन्धुपाल्चोक .ईर्खु ३ हाल चौतारा साँगाचोकगढी
नगरपालीका वडा नं..८ बस्ने वर्ष ३१ को रहिण भन्ने कुमार श्रेष्ठलाई ५ वर्ष पछि मिति यही १८ गते काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट पक्राउ गरि मिति जिल्ला अदालत सिन्धुपाल्चोकमा दाखिला गराईएकोमा अदालतले निजलाई लागेको उक्त कैद सजाय असुलका लागि कारागार चलान प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।
