सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा सुन्दर भौतिक पुर्वाधारहरुले सुसज्जित माझी बस्तीलाई आय आम्दामीको मार्गमा डोह¥याउने उदेश्यले किसानसँग साक्षात्कार कार्यक्रम गरिएको छ ।
माझी बस्तीमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत अग्रो इन्टरप्राईजेज सेन्टरको आयोजनामा ‘सय किसान अभियान’ अन्तर्गत आर्थीक सिदृढिकरणको कार्यक्रमको थालनी गरिएको छ । उद्योग वाणिज्य महासँघ सिन्धुपाल्चोकका महासचिव शम्भु तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हात्तेमालो गर्ने नेपाल उद्योग वाणिज्य महासंघ र अग्रो इन्टरप्राईजेज सेन्टरका टोली लगायत किर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य , पाँचखाल नगरपालीकाका मेयर महेश खरेल , नेपाल उद्योग वाण्ीज्य महासँघ कृषी उद्यमी केन्द्र सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य सँघको सल्लाहकार उपसभापती यादव दाहाल, सिन्धुपाल्चोक उद्योग वाणिज्ज्य सँघको सदस्य रुपक धिताल, भुपेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमा पाँचखाल नगरपालिकाका का मेयर महेश खरेलले माझी टोलको आयाआर्जनमा सहयोग गर्ने हेतुले रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । एकिकृत माझी बस्ती निर्माणकी अभियन्ता ,नायीका तथा स्वेता फाण्डेशन अध्यक्ष श्वेता खड्काले यसरीनै माझी बस्तीलाई सम्बृद्धीको मार्गमा डोह¥याउने कोशीसमा निरन्तर लागिरहने बताउनुभयो । खड्काले यो बस्ती तपाई–हाम्रो सबैको साझा बस्ती हो । हामी सबैको योगदानले बनेको यो बस्तीलाई अझ उचाईमा पु¥याउनुछ । हाम्रो सहकार्य जारी रहोस् भन्दै यो अभियानमा साथ दिने सम्पूर्ण सहयोगीहरुप्रती आभार समेत प्रकट गर्नुभएको छ । कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य महासँघ सिन्धुपाल्चोकका कार्यसमिती सदस्य नवराज भट्टराईले गर्नुभएको थियो ।
