
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले दाङ जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुनुभएको हो ।
पूर्व मन्त्री बस्नेतले तुलसीपुरमा भएको स्व.खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको समापनमा प्रमुख अतिथीको रुपमा सहभागी हुनुभएको थियो । विजेता टिमलाई बस्नेतले पुरस्कार वितरण गर्नुभएको छ । । प्रतियोगिताका महिला र पुरुष दुवै तर्फका विजेता र उपविजेता खेलाडी हरुलाई सिल, मेडल, प्रमाणपत्र र नगद चेक पुरस्कार हस्तान्तरण गर्नुभयो ।
यसैगरी बस्नेतले घोराहीमा बाढीपहिरोबाट मृत्यु भएका आफन्तलाई राहत वितरण समेत गर्नुभएको छ । बस्नेतले पार्टीका नेता कार्यकर्तासँग भेटघाट समेत गर्नुभएको थियो ।
पूर्व मन्त्री वस्नेतले दाङ भ्रमणका क्रममा जननायक विपि कोईरालाको स्मृतिमा खोलीएको दाङ जिल्लाको उत्कृष्ट नमुना विद्यालय अवलोकन समेत गर्नुभएको छ । सोही अवसरमा विद्यालयको प्राङ्गणमा निर्माण हुने लागेको विपिको सालिक निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । भ्रमणकै क्रममा नेपाली काँग्रेस दाङ जिल्ला कार्यसमितिद्वारा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम एवम् भेटघाट कार्यक्रममा सममेत बस्नेत सरिक हुनुभयो ।
