नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई मेलम्चीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको छ ।
प्रतिनिधीसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) र मेलम्ची नगर कार्यसमितिको सँयुक्त कार्यालय समुद्घाटन कार्यक्रमको अबसर पारेर वस्नेतलाई बधाई तथा सम्मान गरिएको हो ।
सम्मानपछी मन्तब्य राख्दै वस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै बस्नेतले स्थानिय चुनाव नजिक आएकाले गाउँ केन्द्रित हुन आग्रह गर्नुभयो । काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनता माझ जान आबश्यक रहेको समेत बस्नेतले बताउनुभयो । नेता बस्नेतले काँग्रेस एकलौटी चुनाव लड्न तयार रहेको बताउँदै सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगर सभापती वसन्त गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो भने प्रतिनिधी सभा क्षेत्र नम्बर – २ प्रदेश सभा (ख) का सचिव आशिष खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
