सम्पर्क

तिर्थमान पाख्रिनको निर्देशनमा , ‘छामेला म्हाङ’ बजारमा आउँदै


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ९ मा जन्मनुभएका गायक एंव संगीतकार तिर्थमान पाख्रिनको ‘छामेला म्हाङ’ बोलको सेलो दोहोरी गीतको म्युजिक भिडियो बजारमा आउँदैछ । यही पौषको २४ गते शनिवारबाट भिडियो बजारमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो ।
गायक एंव संगीतकार तिर्थमान पाख्रिनकै शब्द,संगीत स्वरमा रहेको गीतलाई उहाँलेनै कथा र निर्देशन पनि सम्हाल्नुभएको छ । म्युजिक भिडियोमा उहााले पहिलोपटक निर्देशनको काम शुरुवात गर्नुभएको हो । जोगलाल लामाले संगीत संयोजन, सानुबाबु घिसिङले रेकर्डिङ र दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन ।
भिडियोमा रोशनी लामा, सुनिता रुम्बा, सुस्मिता लोप्चन, मुना लामा, राजु लामा, बिमल लामा,राजकुमार तामाङ, बिजय पाख्रिन र अजम्बरी लोप्चनको अभिनय रहेको छ ।
उक्त गीतको म्युजिक भिडियो डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याउने टिमले जानकारी दिएको छ ।
तिर्थमान पाख्रिनले यसअघी दर्जनौ चर्चीत लोकगित र तामाङ सेलोमा आफ्नै सँगितमा गाउनुभएको छ