सम्पर्क

जीवन सुधार साना किसान सहकारी संस्थाको भवन उद्घाटन

भोटेकोशी गाउँपालिका वडा नम्बर ३ को श्री जीवन सुधार साना किसान सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ । बार्षिक साधारणसभासँगै सहकबारीको भवन उद्घाटन गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले गर्नुभएको हो । यो भवनमा संकलन केन्द्र पनि स्थापना गरिएको छ । यो भवन निर्माण गर्न गाउँपालिकाले १३ लाख रुपैयाँ बिनियोजन गरेको थियो । भवन उद्धघाटन पछी मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी पौडेलले कृषिको विकास नभई देश विकास हुन नसक्ने भएकोले गाउँपालिकाले कृषि बिकासमा बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले कृषकको आयस्तर वृद्धि गर्न र दीर्घकालीन रुपमा कृषि क्षेत्रमा टिक्नका निम्ति निरन्तर कार्यक्रम लिइरहेको बताउँदै कृषि पेशालाई व्यवसायिक बनाउँदै स्वरोजगार बन्न कृषकहरुलाई आग्रह समेत गर्नुभयो ।