
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा रहेको बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाको साधरण सभा तथा उद्याटन समारोह शनिबार सम्पन्न भएको छ । चौतारा सागाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले मैन बत्ती बालेर साधरण सभाको उद्याटन गर्नुभएको थियो । साधरण सभा उद्याटन गर्दै श्रेष्ठले अपाङ्हरु लाई सपाङ्ग सँग हातेमालो गर्दै अघि बढ्नुपर्छ अपाङ्हरुले केहि गर्न नसक्ने होईन गर्न सकिन्छ उनिहरुलाई साथ सहयोगको खाचो छ त्यसमा हामि सबैजना हातेमालो गर्दै अघि बढ्नुपर्छ शारिरीक रुपमा अपाङ्ग भएतापनी उनीहरुमा रहेको क्षमताको अभिवृद्धि गराउनु पर्छ भन्दै सहकारीलाई आगमि दिनहरुमा अगाडि बढ्दै जाओस् भन्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । यसै गरी वडा सदस्य डडुवा बचत तथा क्रृण सहकारी सस्थाका भेष बहादुर नेपालले डडुवामा रहेका सहकारीहर मध्य यसु सहकारीले नँया नँया काम गर्न लागेकोमा खुशी ब्यक्त गर्नु भयो भने वडा सदस्य तथा नेकपा माओबादीका तर्फबाट बिष्णुमायाँ तामागंले सहकारी सस्थाहरुको माध्ययमबाट गरेका कामहरु प्राय सफल रहने भएकाले सहकारीताका माध्ययम बाट काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष उद्धब प्रसाद नेपालले डडुवाको बिकासका लागी सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउँनु भयो । यसै गरि वडा सदस्य शर्मीला बिक रसाइलीले सहकारीले सबै पक्षलाइ समेटेर काम गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।
यसै गरि कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापती बिनोद तामागंले नेत्रज्योती कृषी सहकारी सस्था र बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले नया नाया योजना ल्याएर गाँउलाइ उत्पादन मुखी कार्यमा सहयोग गरेकोमा सहकारीलाइ धन्यबाद दिनु भयो । यसै गरि बस्नेत एकता समाजका अध्यक्ष बाबुराम बस्नेत नेत्रज्योती कृषी सहकारी सस्थाका सचिब मोहन बस्नेत लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सहकारीको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव ठाकुर गिरीले अपाङ्गहरुलाई विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्नुपर्छ भनी आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । सस्थाका अध्यक्ष चतुर बहादुर तामागंको सभापतीत्वमा कार्यक्रम भएको थियो । साधरण सभाले संस्थामा नयाँ कार्यसमीति गठन गरिएको थियो । जसमा अध्यक्ष चतुर बहादुर तामाङ उपाध्यक्ष ज्यानी माया श्रेष्ठ, सचिव ठाकुर गिरी सह सचिव रामहरी बस्नेत कोषाध्यक्ष सगुन बस्नेत, सह कोषध्यक्ष टिका राम माझि, सदस्यहरुमा अन्जु तामाङ,रुपेश ढुङ्गाना,राधिका वि.क, लगायत पाँच सदस्यता चयन भएको थियो । सहकारी सस्थाले तत्काल साबुन बनाउँनेतालीम सञ्चालन गर्ने र सिन्केधुप बनाउँने तालीम सञ्चालन गर्ने भएको छ ।
