सम्पर्क

नेपाली सेनाका राई र बुढाको कब्जामा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिताको उपाधि


सिन्धुपाल्चोकमा भएको चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिताको खुल्ला पुरुष तर्फको उपाधि नेपाली सेनाका गजेन्द्र राई र महिलातर्फ पनि नेपाली सेनाकै विश्वरुपा बुढाले प्राप्त गर्नुभएको छ । २४ किलोमिटरको दौड राईले १ घण्टा ३६ मिनेटमा पार गरेर उपाधी कब्जा गर्नुभयो भने खुल्ला महिला तर्फ बुढाले १ घण्टा ५६ मिनेटमा पार गरेर उपाधी कब्जा गर्नुभयो । राई र बुढा दुबैले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद, ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको १२ नं वडाको सांगाचोकगढी देखि मानेडाडा, जल्किने,ईर्खु ,चौतारा हुदै ब्याङचेपानी पुगेर गौरती भिमसेन मन्दिर परीक्रमा गरी डुडिखेल सम्म २४ किलोमिटरको दुरी रहेको हाफ म्याराथनमा ३० जिल्लाका १ सय ७० खेलाडिहरुको सहभागिता रहेको थियो । भेट्रान्सको तर्फको सबै इभेन्टभने ईर्खुबाट सुरु भएको र दुरी १५ किलोमिटरको भएको आयोजकले जनाएको छ ।
म्याराथन प्रतियोगितामा खुल्ला पुुरुष तर्फ द्धित्तिय ,तृतिय र सान्त्वना क्रमस श्रीकास राई, नवराज साउद र राम्जी बस्नेत हुनुभयो भने महिला तर्फ द्धित्तिय,तृतिय र सान्त्वना स्थान क्रमश हुमि बुढामगर, निर्मला राई र सुष्मा खड्कादले प्राप्त गर्नुभयो । म्याराथानमा दोस्रो हुनेले २२ हजार २ सय २२, तेस्रो हुनेने ११ हजार १ सय ११ र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नुभएको चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह–संयोजक अमृतमान श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा ४०–५९ वर्ष सम्मको भेट्रान्स महिलामा राधा श्रेष्ठ र पुरुष भेट्रान्समा भिम बहादुर गुरुङ बिजयी हुनुभएको छ । यसैगरी ६० वर्षमाथिको सुपर भेट्रान्समा रामकृष्ण महर्जनले उपाधि चुम्नुभयो । सुपर भेट्रान्समा स्थानीय ८६ बर्षका माधवलाल कर्मचार्य र बैकुण्ठ मानन्धरले समेत सहभागिता जनाउनुभएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका पुरुषतर्फ बिकास तामांग र स्थानीय भेट्रान्स तर्फ वडा नं. ६ का मोहन बहादुर कँुवरले उपाधि प्राप्त गर्नुभयो ।
४० देखि ५९ वर्षसम्मको भेट्रान्सको पुरुष र महिलाको दुवै विजेताले समान ९ हजार ९ सय ९९ रुपैया प्रात गरेका छन् । यस्तै दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैया प्राप्त गरेका छन् । यस्तै सुपर भेट्रान्स ६० वर्षमाथिको विजेताले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरे ।
स्थानिय महिला र पुरुष दुवै विजेताले ५ हजार ५ सय ५५ रुपैया, ट्रफी र मेडल प्राप्त गरेका छन् ।