सिन्धुपाल्चोकको लामोसाँघु बजारमा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर १ प्रदेशसभा (ख) को आयोजनामा केन्द्रीय सदस्य बस्नेतलाई बधाई तथा सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै स्थानिय तहको चुनाब नजिक आएकाले सबै नेताहरुलाई गाउँ केन्द्रीत हुन आग्रह गर्नुभयो । बस्नेतले काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनतामा जान आवश्यक रहेको बताउनुभयो । सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै पार्टीका कार्यकर्तालाई वस्नेतले निर्देशन दिनुभएको छ । उहाँले नेपाली काँग्रेसकोजस्तो समावेशी विधान सँसारमै कुनै पार्टीमा नभएको समेत बताउनुभयो । यो देशमा काँग्रेस बाहेक लोकतान्त्रिक पार्टी नभएको अधिवेशनले प्रष्ट पारेको वताउँदै बस्नेतले यो देशमा अव आउने परिवर्तनले कम्युनिष्टहरु हावाले कसिँगर बढारे जसरी बढारिने समेत बताउनुभयो । काँग्रेसलाई काँग्रेसले भोट नहालेर , आफूले गरेका काम भन्न नसकेर र कम्युनिष्टको फट्याई जनतामा लान नसकेर मात्रै चुनाव हार्नु परेको बस्नेतले बताउनुभयो ।
कार्यक्रममा निवर्तमान केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापा , महाधिवेशन प्रतिनिधी भोला बोहोरा र लिला नेपाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर १ प्रदेशसभा (ख) का सभापती देवेन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
