सम्पर्क

नेकपा एमालेको अधिवेशन उद्धघाटन समारोह सम्पन्न ,५ गते नयाँ नेतृत्व चयन हुने


नेकपा एमाले सिन्धुपाल्चोकको शुक्रबार बाह्रबिसेमा आयोजित नवौं अधिवेशनको उद्धघाटन सत्र सम्पन्न भएको छ भने यही माघ ५ गते नयाँ नेतृत्व चयन हुने भएको छ ।
बन्दसत्रले निर्वाचन प्रक्रिया अगाडि बढाए पनि निर्वाचन भने पछि सारिएको छ । अधिवेशनको बन्दसत्रले यही २७ गते पालिका कमीटीबाट तोकिएको कोटाबाट छनोट भएर आउने र २९ गते जिल्ला कार्यसमितीकोलागि मनोनयन दर्ता गरिने भएको छ । त्इसलाई अध्यक्ष मण्डलले अन्तिम रुप दिएपछी माघ ५ गते मेलम्चीमा घोषणा तथा सपथ खुवाउने कार्यक्रम रहेको एमाले प््चार विभागले जानकारी दिएको छ ।
नवौं जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमाले, सल्लाहकार परिषदका केन्द्रीय अध्यक्ष अमृतकुमार बोहराले गर्नुभएको थियो । बार्हबिसेमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बोहराले अहिले नेकपा एमालेमाथि चौतर्फी घेरा बन्दी भएको बताउँदै एमालेको लोकप्रियताले तर्सेका अन्य दलहरूले घेराबन्दी गरे पनि जनताले आगामी निर्वाचनमा त्यो घेराबन्दीलाई तोडेर एमालेलाई मूलुककै पहिलो पार्टी बनाउनेमा बताउनुभयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै स्थाई समिती सदस्य शेरबहादुर तामाङले पार्टीका सबै गतिविधि जिल्ला केन्द्रित गरि आगमी स्थानीय तहको निर्वाचनमा सिन्धुको १२ वटै स्थानिय तहमा विजयको झण्डा फरफराउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । एमालेलाई कसैको बैशाखीको आवश्यकता नरहेको भन्दै नेता तामाङले एमाले एक्लै अन्य दलको लागि भारी भएको बताए ।

उद्धघाटन सत्रमा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले नेकपा एमाले एकताबद्ध भएको मान्यता बोक्नु पर्ने बताउनुभयो । उहाँले चिरा परेर कमजोर भएको हल्ला चलिरहेको बेला यो अधिवेशनले एमाले कमजोर नरहेको सन्देश दिनु पर्ने कुरामा जोड दिदै यो अधिवेशनले एमालेभित्रको एकता कायम राख्न सक्छ कि सक्दैन ? त्यो प््मुख कुरा भएको बताउनुभयो ।
एमाले केन्द्रीय सदस्य दावा तामाङले समृद्धिका लागि निवार्चनमा बिजय हासिल गर्नु पर्ने अपरिहार्यता रहेको उल्लेख गर्दै एमालेको विजय बिना राष्ट्रिय समृद्धि संभब नरहेको धारणा ब्यक्त गर्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य सरेश नेपालले एमाले भित्र कुनै गुट र उपगुट नभएको बताउँदै उनले एमाले भित्रको रहेको गुटको अन्त्य भइ अहिले एमाले एक ढिक्का भएको दावी गर्नुभयो ।