सम्पर्क

नेकपा एमाले अधिवेशन देशभर आज सिन्धुपाल्चोकको बाह्रबिसे मा हुने

नेकपा एमालेको आज देशभरका ७७ ओटै जिल्लामा एकसाथ जिल्ला अधिवेशन उद्धघाटन हुने भएको छ । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले विहान साढे ११ बजे भर्चुअल माध्यमबाट देशभरको अधिवेशन एकसाथ उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैविच नेकपा एमाले सिन्धुपाल्चोककोे नवौँ जिल्ला अधिवेशन आज बार्हविसेमा हुँदैछ । आज विहान ११ बजे उद्धघाटन सत्रमा नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोरा, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायत एमाले नेताहरु सहभागी हुने कार्यक्रम रहेको नेकपा एमाले प्रचार विभागले जानकारी दिएको छ ।
नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । यसपटक जिल्लाभरका १९ हजार सँगठित सदस्यअधिवेशनको प्रतिनिधी रहने समेत उहाँले जानकारी दिनुभयो । नेकपा एमालेको दशौँ महाधिवेशनको कार्यनिती अनुसार यो पटक सिन्धुपाल्चोक एमालेले सर्वसम्मत रुपमा नेतृत्व छनौट गर्ने तयारी रहेको स्थायी कमीटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
पार्टीको जिल्ला कमिटीको २५ औँ बैठकले विभिन्न उपसमिति बनाएर अधिवेशनको तयारी गरेको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेता हरुले प्रचार प्रसार एवम् तयारी तित्र्र रुपमा गरिरहेका छन् । नेर्तत्वका लागी दर्जन बढी आकाँक्षी रहेका छन् । अध्यक्षमा मुख्यगरी चारजना प्रतिस्पर्धी रहेका छन् । अध्यक्षका लागी जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठ ,बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री , वर्तमान जिल्ला सचिव एवं लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल र बालकृष्ण देउजाको चर्चा रहेको छ ।
अन्य पदमा पनि आकाँक्षी धेरै रहेका छन् । बुधवार एमाले सँगठन विभाग प्रमुख खगराज अधिकारीले गरेको परिपत्र अनुसार दुई कार्यकाल पदाधिकारी वा सचिवालयमा रहेकाले अध्यक्षमा लावी गर्न नपाउने भएका छन् । त्यसैगरी एक कार्यकाल जिल्लाकार्यसमिती , विभागमा काम गरेको वा एक तह तल्लो कमीटीमा बसेकाले मात्रै सदस्यमा उम्मेदवारी दिन पाउने वताईएको छ । समायोजनमा रहेकाहरुको हकमा भने यो नियम लागु हुनेछैन ।
सिन्धुपाल्चोकमा १९ हजार सँठित सदस्यताको आधारमा केन्द्रीय महाधिवेशनमा प्रतिनिधिहरू छनोट भएका थिए । सबै सँगठित सदस्य मतदाता हुने र सर्वसम्मत नेतृत्व छनोट हुन नसके पालिका स्तरमा मतदानमार्फत नेतृत्व चयन हुने एमाले नवौँ जिल्ला अधिवेशनका लागि निर्वाचन समितिका संयोजक भेषराम ढकालले जानकारी दिनुभयो ।