सम्पर्क

सहकारीको अधिवेशनमा सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटा शनिवार गृहजिल्लामा आईपुग्नुभएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ३ मा रहेको मिलिजुलि मातृशिशु बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथीको रुपमा सापकोटा आईपुग्नुभएको हो ।
सभामुख सापकोटाले शनिबारनै बलेफी गाउँपालिका वडा नम्बर ३ मा रहेको फुल्पिङकोट स्वास्थ्यचौकी भवनको शिलान्यास समेत गर्नुभयो ।
कार्यक्रममा सभामुख सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ ।