चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको महाकाली बहुउदेश्यीय बचत तथा ऋण सहकारीको सँस्था लिमिटेडले २६ औं वार्षिक साधरणसभा तथा ९ औं अधिवेशन शनिवार सम्पन्न गरेको छ ।
अधिवेशनले ११ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको छ समितीको अध्यक्षमा केशवलाल श्रेष्ठ, उपाध्यक्षमा हरीगोपाल श्रेष्ठ, सचिवमा खिल बहादुर श्रेष्ठ र कोषध्यक्षमा शुशील कक्षपती चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिती सदस्यहरुमा गुणकेशरी श्रेष्ठ, डम्बर तामाङ, सञ्चमाया श्रेष्ठ, सिता नेपाली, नातीबाबु धिताल र शेरबहादुर चुहान चयन हुनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिँह तामाङको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा पूर्व साँसद तथा सँस्थाका सल्लाहकार कृष्णराज श्रेष्ठ , वडा नम्बर ५ का वडा अध्यक्ष नरमान श्रेष्ठ , महिला बहुउदेश्य ऋण् सहकारी सस्था लिमीटेडको शोभा उलक , कृष्णरत्न गँगा उमाविका प्रधानाध्यापक धुर्वलाल श्रेष्ठ , चौतारा अस्पताल सँचालक समितिका अध्यक्ष ईश्वरी श्रेष्ठ , नेपाल पत्रकार महासँघका अध्यक्ष जिवनप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सहकारीमा १५ सय १६ शेयर सदस्य रहेका छन् ।
