आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा परम्परागत अभ्यासबाट अभिभावक, महिला, किशोरीहरुमा पर्ने असरबारे १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुस २४ गते शनीबार चौतारा साँगाचोक गढि नगरपालिका वडा नं ८ इर्खु मा उक्त कार्यक्रम भएको हो । सञ्चालित कार्यक्रममा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपालचोक का अध्यक्ष पानमाया तामाङ्गको सभाध्यक्ष, अतिथि प्रहरी कार्यालयका ईन्चार्ज तारामणि श्रेष्ठ, लालकुमार सिवाकोटी , आदिवासी जनजाति महिलानगर सञ्जालका अध्यक्ष आशा तामाङ , चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ८ इर्खुमा गठन गरिएको श्री सृजनशील किशोर किशोरी समूहका संयोजक, स्वयंसेवक ,अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परम्परागत अभ्यासबाट महिला किशोरीहरुमा पर्ने असरबारे अध्यक्ष पानमाया तामाङ्ग ले प्रशिक्षण दिनु भएको थियो । जसमा महिला को भुमिका ,महिला अधिकारको पृष्ठभूमि , नकारात्मक परम्परागत मूल्य मान्यताले परेको असरबारे जानकारी गराउनु भएको थियो । साथै बालबिवाह सम्बन्धी जानकारी गराउँदै बालविवाहका कारण, यसका असर ,बालविवाह सम्बन्धी कानुनी प्रावधानहरुका विषयमा सुप्रिया श्रेष्ठले प्रशिक्षित गराउनु भएको थियो ।
महिला अभिभावक तथा किशोर किशोरी हरुलाई परम्परागत अभ्यासबाट परेको असर र महिला अधिकारबारे जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष पानमाया तामाङ्गले बताउनु भयो। कार्यक्रम सञ्चालन श्री सृजनशील किशोर किशोरी समूहकी संयोजक विमला थापा ले गर्नु भएको थियो ।।
