त्रिपुरामा रोपाइँ जात्राको स्थानीय बिदा
पृथ्वीजङ्ग पाण्डे/पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकामा साउन ३१ गते स्थानीय बिदा दिएको छ । २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको धार्मिक एवं सास्कृतिक विविधताले सम्पन्न वडा न ५ को तौथलीमा ५ दिन संचालन हुने हिले जात्राको अन्तिम दिन साउन ३१ गते स्थानीय बिदा दिएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो । तौथलीको त्रिपुरासुन्दरी मन्दिरमा हिले जात्रा र दशैमा दही जात्रा धुमधाम संग मनाइन्छ भने जिल्ला तथा राजधानी देखि भक्तजनको आवागमन हुने गरेको छ । नजिकै रहेको मनोरम महभिर झरनाले त झन् दर्शकलाई लोभ्याउने गरेको छ । त्रिपुराको सुन्दर बस्ती तौथली आउन लामोसाङ्गुबाट टेकानपुर हुँदै तथा जेठल सिलढुङ्गा हुदै तौथली तथा बार्हबिसे बाट धुस्कुन पिस्कर हँुदै जान सकिन्छ । तौथलीको हिले जात्रालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न वडा कार्यलयले मदिरा निषेध गरेको र बेचबिख...
