कुमार बस्नेत (अधिराज )
सुनकोसी ।लगातार वर्षाको कारण सुनखानी यमुना डाँडा हुदै काठमाडौं जाने अबरुद्ध सडक
(बाटो) सियालेमा खुलाउने प्रयास जारि रहेको छ। सुनकोसी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठको अगुवाइमा स्थानिय युवाहरूको सहभागितामा बन्द भएको अबरुद्ध सडक (बाटो)हरू खुलाउदै आउनुभएको छ। उहाँहरूको ब्यक्तिगत पैसा नै लगभग १,५०,००० (एक लाख पचास हजारंं) जति खर्च भैसक्दा बारम्बार पालिकामा खबर गर्दा पनि सुनुवाई नभएको स्थानिय को गुनासो छ। सोमबार राति आएको पहिरोले बाटो बन्द भएको छ । धानबाली सडकको मुनि हुदा माटो फाल्न समस्या भएको सुनखानिमा आएको क्यूको बस नै सुनखानिमै थुनिएको छ।सुनखानि बाट भन्ज्याङ,ठोकर्पा हुँदै जान पनि पहिरोले बन्द छ।सुनखानि रतनकोट हुँदै जान पनि बन्दा छ।कालिका हुँदै जान पनि नसकिने हुदाँ समस्या भएको छ।सम्बन्धित निकाय भनेको पलिका हो तर त्यहाँबाट पनि कुनै सहयोग नपाएको गुनासो स्थानियको रहेको छ।
