सम्पर्क

सिन्धुपाल्चोकमा पहिरो आतङ्क सयौ घर जोखिममा

सिन्धु पाल्चोक जिल्लाको बिभिन्न भागमा गए राती परेको पानकिा कारण गएको पहिरोले बिभिन्न स्थानमा घर बस्ती जोखीममा पारेको छ । चौतारा साँगाचोकगढी नगरपालिका बिभिन्न भागमा बस्ती तथा घरहरु समेतलाइ  समेतलाइ जोखिममा पार्दै सडक समेत अबरुद्ध गरेको छ ।

वडा न १० सुकुटे घुम्ती डाडा भन्ने लिट्टेखोलामा सोमबार राति आएको अबिरल बर्षाको कारण बाढि आए र १९ घरपरि अति जोखिममा पारेको छ । लिट्टेखोला नजिकका घरहरूमा पानी र लेदो छिरेर भौतिक क्षेती भएको छ । स्थानिय बिपिन्द्र माझिको बुँङगुरको खोर बगाएको र अरू घरहरू जोखिमा परेको माझिले बताउनु भयो। उता वडा नं १०कै हर्रेमा सडक भासिनुका साथै पहीरो गएको छ भने काँडेमा २०घर जती जोखिममा परेको छ। जल्केनीमा पनी सडक भासिएर दुध सङ्कलन केन्द्र रहेको घर समेत जोखिममा परेको छ। वडा नं १०का वडाअध्यक्ष निल बहादुर तामाङ्गले क्षती ग्रस्त क्षेत्रको अवलोकन गरी तत्काल समस्यामा परेकाहरुलाइ आफुले गर्न सक्ने सहयोग गर्ने बताउँनु भयो । उक्त क्षेत्रहरुमा सुरक्षाकर्मी समेत परिचालन गरि तत्काल उद्धारमा खटिएका छन । त्यसै गरी वडा नं १३ जङ्गल छापमा करिब ४०घर जोखिममा परेको छ । त्याँहा पनी पहीरोले क्षेती गरेको छ । वडा नं १४को सिम खेत आङ्गेमा पहीरोले क्षती गरेको छ । मेलम्ची सुनकोशी भोटेकोशी जुगल लगाएतका पालिकाहरमा पनी क्षेती भएको छ । काँहा काँहा कती क्षेती भएका छन यसको पुरा बिबरण आएको छैन ।