चौतारा सागाचोकगढी नगरपालिक –१३ जङ्गलछापमा अविरल वर्षाका कारण दुई घरमा क्षति पुग्नुका साथै १२ घर उच्च जोखिममा परेको छ ।
आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर जङ्गलछापमा रहेको घना बस्ती जोखिममा परेको हो । पहिरो स्थलको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले निरिक्षण गर्नुभयो उहाँले पहिरा प्रभावितलाई तत्काल राहत सहयोग तथा स्थानन्तरण गरिने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी वर्षाकै कारण जलकिनी —चौतारा सडक खण्डमा पहिरो तथा सडक भासिँदा यातायात अवरुद्ध भएको छ । एक तर्पिm सडक खुलाईएको र दुई तर्फ खुलाउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ र १० को सीमा सुकुटे बजार नजिकै घुमाउने भन्ने स्थानमा स्थानीय अधेरी खोला गाउँमा पस्दा स्थानीयको घर, टहरामा क्षती पुगेको छ । दुवै वडाको तिन/तिन वटा घर क्षती भएको छ । धानबालीमा समेत क्षती पुगेको छ । त्यसैगरी चौतारा सागाचोकगढी नगरपालिक –१० जल्कीनी डाँडामा पनि

पहिरो जानुका साथै जमिन नै भासिएको छ ।


