जोखिममा रहेका घर परिबारलाइ तत्काल स्थानन्तरण गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ले बताउँनु भएको छ । ,उप प्रमुख उमा प्रधान ,वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र कुमार खतिवडा लगायतले मेलम्ची २ निबुगाउको पहिरोको अबलोकन गर्ने क्रममा नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो ।
अबलोकनमा क्रममा जोखिममा रहेका घर तथा बस्तीहरुलाइ तत्काल स्थानान्तरणका लागि काम थाल्ने र अबरुद्ध सडक खुलाउने प्रतिबद्धता नगरप्रमुख तामाङले जनाउनुभयो भने उपप्रमुख प्रधानले प्रभावित हरुसंग हातेमालो गर्दै अगाडि बढ्ने र प्रभावित हरुको उस्थानान्तरणको काम तत्काल सुरु गर्ने बताउनुभयो । वडा अध्यक्षले पिडितहरुको गुनासो तथा मागलाइ सम्बोधनका लागि आग्रह गर्नुभएको थियो । सो क्रममा नगर प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ति तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधै तयार रहेको बताउनुभयो । नगर प्रमुख तामाङले अहिले नगरपालिकाको प्राय सबै वडाहरुमा पहिरो गइरहेको, नदि तटिय क्षेत्रहरुमा नदिले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको जानकारी दिनु भयो ।उँहाले जोखिममा रहेका बस्ति स्थानान्तरणका लागि आफ्नो ध्यानाकर्षण भएको बताउनु हँुदै नगरपालिकाले यसको लागी आबश्यक पहल गर्ने बताउँनु भयो । सो क्रममा उपप्रमुख उमा प्रधान ले नगरका कमजोर भूभागमा अहिले धमाधम पहिरो गइरहेको भन्दै जोखिममा रहेका बस्ति संरक्षण र स्थानान्तरणमा नगरले पिडितहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।सोही क्रममा वडा नम्बर २का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले पिडितहरुको माग र तत्कालिन समस्याका बारेमा प्रमुख र उपप्रमुख लाई जानकारी गराउनुभएको थियो । नगर प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ति तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधै तयार रहेको बताउनुभए पछी स्थानीयमा खुशी छाएको छ ।
२० गते बेलुका गएको पहिरोले निबुगाउँका १६ घर उच्च जोखिममा रहेको छ भने जोखिममा रहेका हरु छिमेकिकोमा आश्रय लिएर बस्न परेको छ । अवलोकन पछि बाटो खुलाउनका लागि काम सुरु भएको छ ।
