सहकारि सस्थाहरुलाई ब्यबस्थित गर्नका लागि मेलम्ची नगरपालिकाले चार दीने सहकारी तथा गरिवी निवारण सम्बन्धी व्यवस्थापन सुचना प्रणाली सञ्चालनका बारेमा तालिम तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

नगरप्रमुख आइतमान तामाङ्ग अध्यक्षतामा सोमबार देखि शु रु भएको प्रशिक्षण कार्यक्रम २६ गते बिहिबार सम्म चल्ने छ । नेपाल सरकारले सहकारी सस्थाहरु लाई व्यवस्थित गर्नका लागि सबै सस्थाहरुलाइ अभिलेख राख्नका लागी कोपोमिस सञ्चालन गर्ने व्यबस्था गरेको छ ।
कोपोमिस भनेको के हो यो कसरी सञ्चालन गर्ने भन्ने बारेमा प्रशिक्षण कार्यक्रम आयोजना गरियको हो । प्रशिक्षण कार्यक्रममा नगरपालिकामा रहेका मध्य सक्रिय रुपमा कार्य गरिरहेका ४०वटा सहकारिका पदाधिकारि तथा कर्मचारि हरुको उपिस्थति रहेकोथियो। मेलम्ची नगरपालिका सहकारी शाखाले सञ्चालन गरेको कार्यक्रमममा बिभागका कोपोमिस प्रशिक्षकलोकमणि पाण्डेले प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख आइतमान तामाङ्गले नगर भित्र रहेका सहकारी सस्थाहरु मध्य सक्रिय रुपमा कार्य गरिरहेका प्रतिनधिहरुलाइ प्रोत्साहन दिदै सञ्चालनमा आउँन नसकेका सहकारि शरुलाई पनि के समस्या छ यसको पहिचाान गरि त्यस्ता सहकारिलाई पनि सक्रिय रुपमा काम गराउँने र गर्न नसक्नेलाई बन्द गर्न समेत सुझाव दिनु भयो । उँहाले सहकारिताका माध्ययम बाटगरेका हरेक कामहरु पारदर्सिता हुने भयकाले सहकारिलाई बिश्वासिलो र अझै व्यवस्थित पारदर्सिता भएर काम गर्न अनुरोध गर्नु भयो।नगर प्रमुख तामाङ्गले नागरिक बिकासका लागि हरेक सहकारि सस्थाहरुको ठुलो भुमिका रहने भयकाले यसको पनि ख्याल राखेर काम गर्न पर्ने बताउनु भयो । नगरपालिकामा १५२वटा सहकारी सस्था दर्ता रहेको मा सहकारी तथा गरिवी निवारण सम्बन्धी व्यवस्थापन सुचना प्रणालीमा आबद्धता जनाएर प्रशिक्षणमा भाग लिनेको संख्या ४० रहेको हो । अरु पनी सस्थालाइ आबश्यक परेमा प्रशिक्षण दिइ यो व्यवस्थापन प्रणालीमा आबद्ध गर्न चाहनेलाइ आबद्ध गराउँने सो अबशरमा जानकारी गराइएको थियो ।
