Ps
सिन्धु पाल्चोकसिजल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ले नदीले गर्ने क्षति नियन्त्रणका लागि काम भइरहेको बताउँनुभएको छ ।
लगातारको वर्षाले मेलम्ची आसपासमा बाढीपहिरो बढिरहेको छ भने सडकखण्ड अवरुद्ध भइरहेका छन् । नागरिक त्रासमा जीवन बिताइरहेका छन्, बर्खाको समयमा नागरिकलाई झोलुङ्गे पुलबाहेक वारिपारि गर्न अन्य विकल्प पनि रहेको छैन । हामीले पुल, सडक र बस्ती जोगाउन सक्दो प्रयास गरिरहेका छौ । बिग्रीएको स्थानमा सम्भव भए सम्म तत्काल निर्माण गरेर यथस्थितीमा ल्याउँने प्रयास गरेका छौ लगातार बर्षाका समयमा नगरका सबै संरतना सक्रीय रहेको भएता पनी सबै तिर ब्यवस्थापन गर्न कठीनाइ रहेको बताउनुभयो । २०७८ असार १ गते बाढीले अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि रु आठ करोडभन्दा बढी खर्च भइसकेको छ । बिस्तारै बाढीले पुरिएको बस्ती खोतल्दै मेलम्ची निवासी आफ्नो पहील्यैको स्थानमा बस्ती वसेर व्यवसाय गर्न शुरु गरेको भएता पनी यसबर्षको बाढीका कारण फेरी स्थानीय , मेलम्ची बजार क्षेत्र जोखिममा परेको छ ।यसबर्ष पनी खोलाको बग्ने धार परिवर्तन भइरहेको छ, जीर्ण बनेको झोलुङ्गे पुल फेरि बाढीको उच्च जोखिममा परेको छ । मेलम्ची नदीमा आइरहने बाढीले बस्तीका नागरिकमा त्रास थपेको छ केही दिनदेखिको वर्षाका कारण यसै पनि जोखिममा रहेको मेलम्ची बजार थप जोखिममा परेको छ ।नदीलाई पुरानै स्थानमा फर्काउनका लागी गत बर्ष धेरै काम हरु भएका थिए आर्थीक बर्षको अन्तमि असार अन्तिमसम्म पनि खोलाभरि तटबन्धको काम चलीरहेको थियो । काम भइ रहेकै अबस्थामा खोलाले निरन्तर लेदो बगर ल्याएर दोभान क्षेत्रमा थुपारेपछि तटबन्ध पुरिएर खोला वारपार हुँदै बग्न थालेको हो । यसरी खोला वानरपार भइ बग्न थाले पछी गत बर्ष गरेकोमेहनत र आठकरोड रकम समेत खेर गएको छ । यसका लागी मेलम्ची नगरपालिका मात्र होइन सिङ्गो नेपालले बेलैमा यस तर्फस्थाइ समाधानका लागी पहल गर्न पर्ने स्थानीय समाजसेवी प्रकाश दाहालले बताउँनु भयो ।