सहकारी संस्थाहरुलाई सेयर तथा मुद्दति निक्षेपको रकम अवधि समाप्तअघि फिर्ता नगर्न तथा साधारण बचतको पनि एक पटकमा ५ प्रतिशत भन्दा बढि रकम फिर्ता नगर्न सहकारी अभियानले अपील गरेको छ ।
राष्ट्रिय सहकारी महासंघलगायत १५ वटा संघहरुले संयुक्त अपील जारी गर्दै तरलताको अभावको समस्या समाधानका लागि रकम फिर्ता गर्न कडाइ गर्न सुझाव दिएको हो ।‘समस्याग्रस्त भएका, केहि सहकारी संस्थाहरूको नकारात्मक प्रभावले संस्थामा एथेष्ट रूपमा तरलताको व्यवस्था गर्न कठिनाई परिरहेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘शेयर पुँजी र मुद्दति बचत, क्रमिक बचत रकमहरू अवधि समाप्त हुनु अगावै सकसम्म फिर्ता नगर्ने व्यवस्था मिलाउने र ऐच्छिक, सदस्यहरूलाइ साप्ताहिक, मासिक वा आपसी सहमतिमा एकपटकमा बढीमा ५ प्रतिशत मात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउने ।’केहि सहकारी संस्थामा देखिएको समस्यापछि बचतकर्ताहरु सेयर तथा मुद्दति निक्षेपको रकम समेत फिर्ता माग्ने क्रम बढेको छ । अपीलमा समस्याग्रस्त भएका केही सहकारी संस्थाहरुको नकारात्मक प्रभावले संस्थामा एथेष्ट रुपमा तरलता व्यवस्था गर्न कठिनाइ परिरहेको भन्दै सदस्यको विश्वास जित्ने गरी परामर्श गर्न, तत्काल ऋण असुली गर्न, अचल सम्पति खरिद एवं अनावश्यक खर्चहरु नगर्न समेत आग्रह गरिएको छ ।राष्ट्रिय सहकारी महासंघको अगुवाइमा १६ वटा संघका प्रतिनिधिहरूले अपिल गर्दै सहकारीलाई ५ प्रतिशतभन्दा बढी बचत भुक्तानी नगर्न अपिल गरेका छन्। समस्याग्रस्त सहकारी संस्थाले सदस्यको कूल बचतको ५ प्रतिशतभन्दा बढी बचत एकै पटक भुक्तानी नगर्न अनुरोध गरिएको हो।सहकारीको आवरणमा अनियमित गर्ने व्यक्तिलाई कडा कारवाहि गरी संस्थालाई नियमित रूपमा संचालन गर्न नियामक निकायलाई अनुरोध गरिएको छ ।
