पृथ्वीजङ्ग पाण्डे/पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकामा साउन ३१ गते स्थानीय बिदा दिएको छ । २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको धार्मिक एवं सास्कृतिक विविधताले सम्पन्न वडा न ५ को तौथलीमा ५ दिन संचालन हुने हिले जात्राको अन्तिम दिन साउन ३१ गते स्थानीय बिदा दिएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो । तौथलीको त्रिपुरासुन्दरी मन्दिरमा हिले जात्रा र दशैमा दही जात्रा धुमधाम संग मनाइन्छ भने जिल्ला तथा राजधानी देखि भक्तजनको आवागमन हुने गरेको छ । नजिकै रहेको मनोरम महभिर झरनाले त झन् दर्शकलाई लोभ्याउने गरेको छ । त्रिपुराको सुन्दर बस्ती तौथली आउन लामोसाङ्गुबाट टेकानपुर हुँदै तथा जेठल सिलढुङ्गा हुदै तौथली तथा बार्हबिसे बाट धुस्कुन पिस्कर हँुदै जान सकिन्छ । तौथलीको हिले जात्रालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न वडा कार्यलयले मदिरा निषेध गरेको र बेचबिखन नगर्न अनुरोध गरेको वडा न ५ तौथलीको वडा अध्यक्ष यादप श्रेष्ठले बताउनुभयो । वडाअध्यक्ष श्रेष्ठको अनुसार तौथलीको जनसंख्या र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै स्थानीयलाई सहजरुपले सेवा दिन वडा नं. ५ को गैरी गाउँको त्वारामा प्रशासनिक र स्वास्थ सेवा केन्द्र खोली सेवा दिने कार्यपालिकाको बैठक बाट निर्णय गरिएको बताउनुभयो । जसबाट स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यसैगरी कार्यपालिकाको बैठकबाट अविरल बर्षाबाट तौथली, टेकानपुर, पिस्कर, चोकटी र धुस्कुनको पहिरो रोकथाम गर्नुपर्ने र धुस्कुनको १३ घर स्थानान्तरण गर्नु पर्ने भएकोले जिल्ला बिपद व्यवस्थापन समितिमा ५०० थाल जाली र २०० थान टेण्ट माग गर्ने जस्ता महत्वपूर्ण जनप्रिय निर्णय गरिएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो ।
