सम्पर्क

तामाङ पत्रकार संघले गर्यो अन्तरक्रिया तथा सम्मान कार्यक्रम

तामाङ पत्रकार संघ सिन्धुपाल्चोकले आईतबार अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । २८ औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकारितामा रहेको अवसर, चुनौती र सम्भावनाका बारेमा अन्तक्रिया कार्यक्रम तथा अग्रज तामाङ पत्रकार सम्मान कार्यक्रम सम्पन्न गरेको हो । तामाङ पत्रकार संघ जिल्ला अध्यक्ष प्रितम तामाङ (गोले) को सभापतित्वमा सम्पन्न कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बुद्ध योन्जनको प्रमुख आतिथ्यता र बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामाको बिशेष आतिथ्यता रहेको थियो । सो कार्यक्रमको अवसरमा जिल्लाको प्रथम तामाङ पत्रकार तथा तामाङ पत्रकार संघका सल्लाहकार ङेम्लिङ तामाङलाई सम्मान पनि गरेको छ । उहाँले पत्रकारिताको दौरानमा आफुले सामाना गरेका चुनौतिहरु बताउदै सामाजिक प्रतिष्ठाको लागि गरिने पेसा भएको बताउनुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि बुद्ध योन्जनले संघियता पछि पत्रकार तथा सञ्चार गृहहरुको लागि अवसर धेरै भएको बताउनुभयो । ”स्थानीय निकायहरु सँंग समन्वय गरेर काम गर्न सक्यो भने संघियता पछि पत्रकारहरुको लागि अवसर धेरै छ, उहाँले भन्नुभयो । कार्यक्रमका बिशेष अतिथि सरु लामाले संघलाई अघि बढाउन स्थानीय तहहरु सङ्ग समन्वय गर्न आवश्यक रहेको र यसका लागि संघ सङ्ग सहकार्य गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । कार्यक्रमका सभापति प्रितम गोलेले सबैको अनुभवहरु साटासाट गर्नपाएकोमा आजको कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । संघका सल्लाहकार सुनिता लामा, केन्द्रिय पार्सद कमला पाख्रीन, सदस्य लगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रम जिल्लाको सदरमुकाम चौतारामा रहेको पर्यटकीय स्थल बुद्धपार्कमा गरेको थियो ।