विपना तामाङ (गोले)
सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थलहरुमा हजारौ भक्तजनहरुले मेला भरेका छन् । सिन्धुपाल्चोकको पर्यटकीय स्थल पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ मा रहेको पाँचपोखरी रैथाने पोखरी, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ईन्द्रावती गाउँपालिकाको सिमानामा पर्ने नौलिङेश्वर महादेव, चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुमा रहेको रानीपोखरी भोटेकोशी गाउँपालिकामा रहेको भैरवकुण्ड लगायतका क्षेत्रमा जनैपूर्णिमाको अवसरमा दर्शनार्थीहरुले उत्साहपुर्वक मेला भरेका छन् । पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला स्थगित गरिएको थियो । यसपालि भने जनैपूर्णिमाको अबसरमा पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आइपुगेका छन् ।

समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको पाँचपोखरी क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन्। पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजनहरुले चढाउने गरेका छन् विशेषगरी यहाँ जाने भक्तजनहरुले खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ। पाँचपोखरी आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, जुगल हिमाल, दोर्जे लाक्पा हिमाल लगायतका पर्यटकीय स्थल समेत रहेका छन् । जनैपुर्णिमा तथा गाईजात्राकै अबसर पारेर पाँचापोखरी थाङपाल गाउँपालिका ४ मा रहेको बाग्मति प्रदेशकै बृहत बिद्यालय थाङपाल भ्याली मा.बि.का बिद्यार्थीहरुले पनि मौलिक कला सस्कृति को जगेर्ना गर्ने उदेश्यले गाइजात्रा तथा भाक्रीँ नाँचको प्रस्तुती गरेका छन् । बिद्यालय स्तरबाटै बिद्यार्थीहरुले कला संूकृतिको जगेर्ना र बिकास गर्न सक्ने भएकाले बिद्यार्थीहरुलाई सहभागि गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका ८ मा रहेको रानीपोखरीमा पनि भव्य मेला लागेको छ । नगरपालिकाको पर्यटकीय क्षेत्रको रूपमा स्थापित गन रानीपोखरीले महत्व छ । धार्मिक तथा पर्यटकीय महत्वको यो स्थल संरक्षणको पर्खाइमा रहेको वडाध्यक्ष अमृत दंगालले बताउनुभयो ।
