पटक–पटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीन बीचको तातोपानी नाका केही समयको लागि पुन: बन्द भएको छ । तिब्बतमा कोभिड संक्रमण बढेर आयात रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताउनुभयो । ‘खासा क्षेत्रमा ५८ जना कोभिड संक्रमित भेटिएको खबर आएको छ’ खनालले भन्नुभयो । चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै तीन दिन अघिदेखि नाकाबाट चिनियाँ सामान आयात नभएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । कहिले नाका सूचारु हुन्छ भन्ने जानकारी नआएको उहाँले बताउनुभयो ।
